नाकले खाएर हैन मुखले नै खाएर नयाँ हुने हो – डा. बाबुराम भट्टराइ


 नयाँशक्ति नेपालको दक्षिण कोरीया अन्तर्गत रहेको प्रवास संगठन अन्तराष्ट्रीय नेपाली समाजले गत सेप्टेम्वर १६ तारीकका दिन एक विशाल खुल्ला अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कोरीयाको ठुलो चार्ड छुसकको अवसर पारेर सम्पन्न गरिएको ” आर्थीक विकास र समृद्ध नेपाल निर्माणमा नयाँशक्तिको भुमीका ” नामक उक्त कार्यक्रममा, पुर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइ प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै गरेर नयाँशक्ति नेपालका प्रवाश प्रमुख नवराज सुवेदी विशेष अतिथी रहनुभएको थियो भने कोरीयाका लागी नेपाली राजदूत किरण शाक्य,अन्तराष्ट्रीय नेपाली समाज अष्ट्रेलीयाका संयोजक विनोद पौडेल,साथै कोरीया एन आर एन अध्यक्ष राजु क्षेत्री, एन सि सि अध्यक्ष प्रेम शाहा , एन आर एन आइसीसी प्रतिनिधीहरु केपी सिटौला, विनोद कुवँर, देवी बहादुर बस्नेत लगायत विभिन्न राजनितीक संगठन, विद्यार्थी, संगठन,पत्रकार, जातीय-क्षेत्रीय संगठन,ब्यापारी-ब्यबासायी, समाजसेवी अनि ठुलो संख्यामा नेपालीहरुको उपस्थिती रहेको थियो ।
14397975_1399060216837750_1570965523_n
यस कार्यक्रमको मुख्य आक्रषकको केन्द्र विन्दु भनेको डा. बाबुराम भट्टराइ नै रहनुभएको थियो । कार्यक्रममा उपस्थित वक्ताहरुले आ-आफ्नै बिचार र तर्कहरु राखेका थिए । उपस्थित वक्ताहरु, पत्रकारहरु सबैले राखेका जिज्ञासा र प्रश्नहरुको उत्तर दिनेकाम प्रमुख अतिथी र विशेष अतिथीबाट भएको थियो । नयाँशक्ति नेपालको बारेमा उठेका सबै प्रश्नहरुको उत्तर दिंदै पुर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक अनि उक्त कार्यक्रमका प्रमुख अतिथी डा. बाबुराम भट्टराइले नयाँशक्तिको बारेमा यसरी प्रष्ट पार्नुभयो :- 
* नयाँशक्ति कसैको भाग खोस्न र नयाँ पार्टीको संख्या थप्न आएको हैन यो त समग्र देशको उन्नती आर्थीक विकास र निकास दिने महत्वपुर्ण अभियान हो। 
* बाम-लोकतन्त्र यसको बैचारीक आधार हो, सैद्धांतिक आधार हो ।बाम भनेको गतिशील, प्रगतिशील र परिवर्तनकारीहरुको समूह र लोकतान्त्रिक भनेको लोकतान्त्रिक विधी र प्रक्रिया बाट जाने ।
* बालिक मताधीकारको आधारमा प्रत्यक्ष कार्यकारी प्रमुख ( राष्ट्रपति / प्रधानमन्त्री ) अनिवार्य हुनुपर्ने भन्नेहरुको विशाल समुह हो यो । * टिकेप्रथा, भ्रष्टचार , गुट-उपगुट,जस्ता नकारात्मक पक्षहरुलाइ स्थान र महत्व नदिनेहरुको घर हो यो ।
* आलोपालो र बाँडीचुँडी सरकार चलाउने प्रथाको सधैं विरोध गर्ने युवाहरुको जमात हो यो ।
* बन्ध, हत्या-हिंसा,विरोध, जुलूस आदीलाइ सधैंको लागी अन्त्य गर्दै, विकासको प्रतिस्प्रधामा जाने लाखौं नेपालीहरुको समुह हो यो ।
* जुनसुकै आस्था र विश्वासमा रहेका सबै नेपालीहरुलाइ सधैं ढोका खुल्ला राख्ने र समान तरीकाबाट अघिलिएर जाने सबै अट्ने विशाल घर हो यो ।
* कुनैपनी वर्गलाइ निषेध नगर्ने, सबै वर्गलाइ सन्तुलित राख्ने, विशेष गरेर श्रमजीवी वर्गलाइ पहिलो प्राथमिकतामा राख्ने सबै बर्गको साझे घर हो यो ।
*नेपालकै हुनेखाने वर्गको धनसम्पती विदेश नपठाइकन स्वदेशमा नै नेपाली श्रमिकहरुलाइ उचित नियायको आधारमा प्रयोग गरेर रोजगारी दिने र विकासका मुहानहरु खोल्ने शक्ति हो यो ।
* कांग्रेस, एमाले, माओवादी, मधेसवादी सबैले त्यो वेला गरेका आन्दोलनहरुलाइ आबश्यक , महत्वपुर्ण र बराबरी सम्मान दिने गर्छ यसले ।
* देशले एउटा राजनितीक फड्को पार गरिसकेको,निरंकुश एकात्मक राज्य सत्ताको पराजित भइसकेको, तर राजनिती पार्टीहरुको पुरानै शैली, सोचविचार , ब्यबाहार रहेको यस अबस्थामा, यही तरीकाले तिनै पार्टीमा बसेर विकास र निकास ननिस्कने ठहर सहित नयाँशक्ति को जन्म भएको ।
* आर्थिक विकास नेपालको अहिलेको प्रमुख आबश्यकता भएको, वेरोजगारी अबस्था अहिलेको प्रमुख समस्या भएको ले नयाँशक्ति को पहिलो प्राथमिकता नै आर्थिक विकास रहेको छ त्यसैले नयाँ र उपयुक्त भिजन सहित अगाडी बढेको ठुलो आशा बोकेको शक्ति हो यो ।
* निश्चित खाका र डाटा सहित १०,१५,२५ हुँदै आगामी ४० बर्षमा यसले देशलाइ (पहिलो विकासको स्थर दिने)विकसित रुप दिनेभनेर भिजन सहित आएको छ ।
* यो कुनै वादमा नअल्झीने, नवस्ने, फराकिलो सोच र लक्ष्य बोकेको नेपालको माटो सुहाउँदिलो एक बैज्ञानिक आर्थिक विकासको मोडेल हो, त्यसैले नेपालका दलहरु भन्दा एक चरण अघिको रुप हो यो ।
* नेपालको तराइ देखी हिमाल सम्मका सम्पुर्ण जात, धर्म, समुह र सम्प्रदाय,दलित, पिछाडा,आदी सबैलाइ यसले समान रुपले महत्व र स्थान दिने गर्दछ ।
* खास गरेर सन्सारभरी छरिएर रहेका नेपालीहरुलाइ स्वदेशमा नै रोजगारीको सृजना गर्ने,नेपालको प्राकृतिक स्रोतसाधनको विकास नेपाली ले नै आफ्नै प्रत्यक्ष सहभागीतामा प्रयोग गर्ने, हाम्रो लागी हामीले नै गर्ने हो भन्ने नाराका साथ, आर्थिक विकास र समृद्धि हाम्रै पालामा भन्ने नाराका साथ अघि बढेको शक्ति हो यो ।
* भारत र चिन दुइ छिमेकी मुलुक संग बराबरी र समान किसीमले सम्बन्ध राख्ने र दुवै देश संग सम्बन्धीत र सहयोगी कम्पनी चलाउने दीर्घकालीन र महत्वपुर्ण सम्बन्ध र नितीलिएको छ यसले ।
* ब्यक्तिगत तथा सामुहीक लगानी, खास गरेर हाइड्रोपावर तथा कृषीमा योजना वद्ध र वैज्ञानिक तरीकाबाट यसले विकासमा जोड दिनेछ । मुखले खाने ठाउँमा नयाँशक्ति नेपाल नाकले खाएर नयाँ हुने हैन, मुखले नै खाएर नयाँ हुने हो, यसले कसैमा आग्रह-पुर्वाग्र राख्दैन,सबै नेपालका दल र राजनितीक घटनालाइ यसले सम्मान गर्छ,आबश्यक ठान्छ, आत्मालोचन गर्छ। पन्चशिलको आधारमा नयाँशक्ति रहनेछ, यदी नयाँशक्तिका कुनै नेता वा कार्यकर्ताले भ्रष्टचार वा कुनै नराम्रो काम गरेमा जुनसुकै नेपालीले उजुर गर्नसक्छ, कार्वाइ अनिवार्य हुन्छ। राम्रो गरेमा २ पटक नत्र १ पटक कुनैपनी पदमा रहने त्यो पनी सर्वसाधरणको प्रत्यक्ष भोटको आधारमा भन्ने कुरा नयाँशक्तिको मुलमन्त्र रहेको कुरा पनी डा. भट्टराइले प्रष्ट पार्नु भएको थियो ।
यी सबै कुराहरु, घटनाहरु सुन्दा र हेर्दा अनी आर्थिक विकासको यो मोडेलमा डा. भट्टराइको परिक्षण पहिलो हो भनेर सबैले भनिरहँदा एक पल्ट मौका दिनैपर्ने र हेर्नैपर्ने देखीन्छ।राजनितीक दलहरुको यति लामो प्रयोग र परिक्षण भइरहँदा पनी देशको गति उही अबस्थामा रहेको र नेपालको राजनितीले एउटा चरण पारगरिसकेको अबस्थामा यो मोडेल आबश्यक नै देखीन्छ । कोरीयामा डा. भट्टराइको आगमन, सभ्य अनि भब्यताका साथ सम्पन्न उक्त कार्यक्रम र उर्लदो जनसहभागीताले एक पल्ट साँच्चै नयाँशक्ति को शक्ति सबै नेपालीहरुले हेर्न चाहेको बुझिन्छ। यो चाहान नेपाल देश भित्र र वाहीर त्यस्तै उर्लेको देखीन्छ। उक्त कार्यक्रममा कोरीया एन सी सी का विरिष्ठ उपाध्यक्ष भुवन बस्नेत, एन आर एन वुसान शाखाका उपाध्यक्ष राजु पौडेल,नोक्सान नेपाली युवा परिवारका संस्थापक पुर्व अध्यक्ष युवराज तिवारी लगायत १०० भन्दा बढी नेपालीहरुले पार्टी प्रवेश गर्नुभएको थियो ।देशले छिट्टै काँचुली फेरोस,नयाँशक्तिको शक्ति र भिजन छिटै हेर्न र भोग्न पाइयोस, हामी लाखौं विदेशीएका युवाहरुले स्वदेशमा फर्कने वातवरण मिलोस, रोजगारी पाइयोस यही भावना र कामना हामी सबै देशभक्तहरुको ।
14384078_1399069506836821_493546732_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...