Advertisement
SKIP THIS

कात्तिके देउराली समाज कोरियाद्धारा एम्बुलेन्स प्रदान


सुमन गिरी
रोजगारीका लागि दक्षिण कोरियामा रहेका काभ्रेका कात्तिके देउराली गाविसका २३ युवाहरुले पारिश्रमिकबाट केहि रकम जोगाएर आफ्नो क्षेत्रका लागि एम्वुलेन्स प्रदान गरेका छन् ।

कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पस प्रांगणमा आयोजित एक समारोहकाबीच नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक प्रसाद चौलागाईं तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका चिकित्सक नेत्रप्रसाद न्यौपानेले एम्वुलेन्स संचालक समितिलाई औपचारिकरुपमा हस्तान्तरण गरे ।

नवप्रगतिशिल युवा समाज मातहत एम्वुलेन्स संचालनका लागि घटुराज गिरीको संयोजकत्वमा कात्तिके देउरालीका स्थानीय समाजसेवी तथा अग्रज व्यक्तित्वहरुको संलग्नतामा एक समिति गठन गरिएको छ ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नवप्रगतिशिल युवा समाजका अध्यक्ष दिपक चौलागाइर्ंले कोसिपारी क्षेत्रमा रहेको एम्बुलेन्स अभावको अवस्था हल भएको बताए । उनले भने- ‘एम्बुलेन्स सेवा सुचारु भएसँगै कात्तिके देउराली गाविसका अलवा आसपासका पोखरीचौरी, मादनकुडारी, गोठपानी, चिसापानी, धुसेनी, विर्तादेउराली लगायतका गाविसका जनता समेत प्रत्यक्ष लाभान्वित हुनेछन् ।’

हरेक महिना प्राप्त पारिश्रामिकबाट केहि रकम छुटटयाएर एम्बुलेन्सका लागि रकम जुटाइएको कात्तिके देउराली समाज दक्षिण कोरियाका अध्यक्ष किशोर गिरीले जानकारी दिए । ‘विकट क्षेत्र कोसिपारीका जनताले आपतकालिन स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउनु परेको यर्थाथलाई केहि हदसम्म भएपनि एम्बुलेन्स सुविधाले कमी ल्याउने विश्वाससहित हामीले प्रवासबाट आˆनो पसिनाको कमाई छुट्टयाएर आˆनो समाजका लागि केहि गर्ने अभियानको शुरुवात गरेका हौ’ समाजका अध्यक्ष गिरीले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...