कोरियामा स्याङ्जालीको अधिवेशन सेप्टेम्बर १६ मा


नेत्र पौडेल ,

दक्षिण कोरिया

‘स्याङ्जाली एकता उपकारी मन, सद्भभाव संगै बिताउ प्रदेशी जीवन’  भन्ने मुल नाराका साथ सन १९९७ मा स्थापना भई विभिन्न सामाजिक कार्यमा सक्रिय स्याङ्जा परिवार दक्षिण कोरियाको नवौं साधारणसभा तथा अधिबेशन आगमी सेप्टेम्बर १६ मा हुने भएको छ।

कार्यक्रम दक्षिण कोरियाको राजधानी सोल स्थिती नेपाल हाउसमा हुदैछ। कोरियामा रहेका सक्रिय र पुराना सामाजिक संस्थाहरु मध्येको एक स्याङ्जा परिवार दक्षिण कोरियाले दुख सुख ,आरोह अबरोहको सामाना गर्दै करिब दुई दशक लामो इतिहास बनाइ सकेको छ। हरेक स्याङ्जालीहरुको  अभिभावकको भूमिका निभाउदै हरेकको सुखदुखको साहारा बन्दै आएको कुरा सर्वविदित नै छ ।

साथै समय समयमा विभिन्न कार्यक्रमहरु गर्दै उठेको रकमबाट समग्र स्याङ्जा जिल्लाको स्वास्थ र शिक्षा क्षेत्रको बिकासमा  सेवा पुर्याउदै आएको छ भने काम छोडेर बस्ने नेपालीहरुलाई मध्यनजर गर्दै हाम्रो स्याङ्जा घर (सेल्टरू) संचालन गरिरहेको छ।

संस्थासंग सम्बन्ध राख्ने सम्पुर्ण कोरिया बासी स्याङ्जालि दाजुभाइ तथा दिदिबहिनीहरुलाई सदस्यता लिन तथा सदस्यता नविकरण गरेर सहयोग गरिदिनु हुन संस्थाका अध्यक्ष धर्म गुरुङले अनुरोध गर्नुभएको छ।

साथै सबैको साथ र सहयोगले स्याङ्जा परिवारको नवौँ साधारणसभा सबल, उत्कृष्ट तथा क्षमतावान नेतृत्वको चयन गर्दै सम्पन्न हुने आशा राख्दै कोरियामा कृयासिल संघ संस्था का प्रतिनिधि , बुद्धिजीवी , ब्यापारी , विद्यार्थी , पत्रकार लगायत सम्पुर्ण कोरिया बासी स्याङ्जालि दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गर्नु भएको छ।
कार्यक्रम हुने

मिति –  २०१६ सेप्टेम्बर १६ तारिख शुक्रबार ९
छुसक पर्वको तेस्रो दिन

स्थान  –  नेपाल हाउस

समय   – ११ . ४५ बजे

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...