Advertisement
SKIP THIS

भूकम्पमा मृत्यु हुने ७१ प्रतिशत आदिवासी जनजाति


फोनिज कोरिया संवाददाता

काठमाडौं-विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेहरुमा ७० प्रतिशतभन्दा बढी आदिवासी जनजाति परेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघले सरकारले दिएको तथ्यांकका आधारमा ७१ दशमलव ३६ प्रतिशत मृतकहरु आदिवासी जनजाति समुदायका परेको महासचिव पेम्बा भोटेले बताए । महासंघले बुधवार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर यो तथ्याङकका आधारमा ती विकट क्षेत्रमा राहत तथा पुननिर्माणको काम अघि बढाउन माग गरेको छ ।

महासंघका महासचिव पेम्बा भोटेसहितको टोलीले कोइरालालाई भेटी अधिकांश उत्तरी एवं विकट बस्तीहरुमा जनजाति समुदायको सघन बसोबास रहेकाले मृतकको संख्या पनि जनजातिको बढी हुन पुगेको बताएको थियो । भूकम्प अति प्रभावित जिल्लाहरुमा आदिवासी जनजातिको बसोबास रहेकाले पनि क्षति बढी हुन पुगेको महासचिव भोटेले बताए ।

‘हामीले विकट बस्तीहरुमा ध्यान केन्द्रित गर्न र स्थलमार्गबाट सम्भव नभएकाले हवाइ मार्ग प्रयोग गर्न सुझाव दिएका छौं’ उनले भने । भूकम्पबाट ज्यान गुमाउने तथा क्षति भोग्ने सबै नेपाली समान भएकाले महासंघले यस्तो बेला जातीय कुरा नगरे पनि मृतकको संख्याको तथ्यांक विश्लेषण गरेर सरकारलाई जानकारी गराएको उनले बताए ।

भूकम्प अति प्रभावितमध्ये गोरखामा गुरुङ, घले र मगर समुदायको सघन बसोबास छ । त्यस्तै रसुवा, धादिङ,नुवाकोट, काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा तामाङ समुदायको सघन बसोबास छ । महासंघले गाउँ बस्ती नै जोखिममा परेर पुनस्र्थापना गर्नुपर्ने भएकाहरुलाई उनीहरुको संस्कार र संस्कृति अनुसारको वस्ती व्यवस्थापन गर्नुपर्ने सुझाव पनि महासंघले दिएको छ । -अनलाइन खबर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...