नयाँ शक्ति कोरिया द्वारा माहाबीर पुनको  अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण


राजु श्री

नयाँ शक्ति कोरिया ले सामाजिक अभियन्ता डा. महावीर पुन को राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ ।

गत अगस्त २८ तारिक कोरियाको राजधानी सउल मा बसेको सचिबालय समितिको पुर्ण बैठक ले उक्त अभियान लाई सकेको सहयोग गर्ने निर्णय गरे लगत्तै एक लाख रुपैया सहयोग गरेको हो । उक्त रकम नयाँ शक्ति पार्टी का केन्द्रिय सदस्य बलराम पुन ले नेपालमा एक औपचारिक कार्यक्रम गरि ठमेल स्थित केन्द्रकै कार्यालयमा महाबिर पुन लाइ हस्तन्तरण गरेका हुन् ।

संगठन बिस्तार, राजनीतिक प्रशिक्षण संग संगै समाज सेवालाई पनि निरन्तर जारि राख्ने संगठनको उदेश्य अनुरुप यो पटक राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोग गरिएको नयाँ शक्ति कोरियाका संयोजक हेमन्त पुनले बताए । छोटो समयमै लोकप्रियता कमाएको नयाँ शक्ति कोरियाको यो पाचौ सहयोग हो । यस अघि दुवै मिर्गौला फेल भएकी मुगु रावा ८ कि जान्देबी बुढालाई ५१ हजार रुपैया, मुटुमा प्वाल परेर जिबन मरण को दोशाध मा रहेका दलमर्दन कामीलाई ७१ हजार रुपैया त्यस्तै कोरियामा मोटर साइकल दुर्घटनामा पनि घाइते भएका काभ्रेका श्याम लामालाई ४ लाख वन सहयोग गरेको थियो ।भने भुकम्प पिडित बिद्यालय हरुलाई शैक्षिक सामग्री समेत बितरण गरिसकेको छ ।

विज्ञान र प्रविधिका माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उदेश्य सहित पुन यतिखेर राष्ट्रिय आविष्कार केन्द्र निर्माणका लागि संसार भर छरिएर रहेका नेपाली माझ सहयोग संकलन अभियानमा रहेका छन् । दक्षिण एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार बिजेता पुन सरकारले उपेक्षा गरेकोले जनता सामु आफु पुगेको बताउछन । विज्ञान, प्रविधिलगायतका क्षेत्रमा आवश्यक खोज, अनुसन्धान र आविष्कारको लागि उक्त केन्द्र स्थापना गर्न ५० करोड बजेटको लाग्ने पुनले बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • भूकम्प पिडित सहयोगार्थ गजेदोमा “दिमाग खराब” प्रदर्शन हुने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...