सुनिताले नचाइन् कोरियामा नेपालीलाई


दक्षिण कोरिया,
‘यसपाली नि खाने दर
जाने मत माइती घर
लर्काउदै कपाल, मर्काउदै कम्मर
नाच्छे हो नाच्छे नेपाली चेली…’ यसवर्षको सर्वोत्कृष्ट तीज गीत अवार्ड समेत पाएको यो गीतसँगै अन्य चर्चित तीज गीतहरु गाएर गायिका सुनिता दुलालले यो वर्षको तीजमा कोरियामा रहेका नेपाली दिदीबहिनीलाई आफुसँगै कम्मर मर्काउदै नचाइन् ।
गत आइतबार कोरियाको तेस्रो ठुलो शहर थेगुमा अन्नपूर्ण सेवा समाजले आयोजना गरेको रमाइलो तीज कार्यक्रमको लागि कोरिया आएकी गायिका दुलालले आफ्ना चर्चित तीज गीतहरु गाएर कोरियावासी नेपालीहरुलाई भरपुर मनोरञ्जन मात्र दिइनन् आयोजक तथा नेपाली दिदीबहिनीहरुको न्यानो आतिथ्य तथा माया पाएर झनै दंग परिन् ।

त्यसो त कोरियामा मात्र होइन उनी पुगेको हरेक ठाउँमा उनका फ्यान, दर्शक श्रोता तथा लोकगीतका पारखीहरुबाट सदैव सत्कार, सम्मान, आदर र माया पाइरहेकी हुन्छिन् । ‘मेरा दर्शक श्रोताको माया पाएर नै म अहिले यो स्थानमा पुग्न सफल भएकी छु । मलाई स्वदेशमा रहेका दर्शकश्रोता मात्र नभई विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुको माया सदभाव यति धेरै पाइरहेकी छु कि शब्दमा बयान गर्नै सक्दिन’, उनले फोनिज कोरियासँगको छोटो भेटमा भनिन् ।
‘कोरिया मेरो दोस्रो पटक हो । पहिला सन् २०१२ मा सोलमा भएको प्रोगामको लागि आएकी थिएँ अहिले अर्कै शहरमा आएकी छु झन् उत्साहित छु ।’ कार्यक्रम तीजकै दिन परेकोले पनि यहाँको दिदीबहिनीसँग सँगै तीज मनाउन पाउदा झन खुशी लागेको उनले बताइन् ।

तीज क्वीन भनेर चिनिने नेपाली लोक दोहोरी गायिका सुनिता दुलाल तीजमा प्रायः कार्यक्रम पर्ने भएकोले ब्रत बस्दिनन् । तीजको दिन उनी शुद्ध शाहाकारी खाना खाने गर्छिन् र अरु ब्रत बस्ने महिलालाई पनि निराहार ब्रत नबस्न सल्लाह दिन्छिन् ।
अमेरिका, युरोप र एसियाका १६ भन्दा बढी मुलुकमा गीत गाउन पुगीसकेकी सुनितालाई विशेषगरी तीज कार्यक्रमकै लागि बढि निम्ता आउने गर्छ । सुमधुर स्वरसँगै सुन्दर लुक्सकी सुनिता सामाजिक सञ्जालमा सम्भवत सबैभन्दा बढी फ्यान फलोइङ  भएकी लोकगायिका पनि हुन् । आफ्नो गीतमा आफैं मोडलिङ गर्दै आएकी सुनिता गायनक्षेत्रमा जति चर्चा कमाइकी छिन् त्यति नै दाम पनि कमाउछिन् । गुगल र युट्युवबाट मात्र उनले मासिक एकलाख भन्दा बढी कमाउछिन् । त्यस्तै व्यक्तिगत सेवसाइट सुनिता दुलाल डटकमबाट एल्वम पनि बिक्रि गर्ने गर्छिन् ।

विदेशमा हुने एउटा सोबाट कम्तीमा पनि डेढ लाख रुपैया लिने सुनिता स्वदेशमा हुने महोत्सवमा पनि उनको ठुलो माग छ । यस्ता महोत्सवबाट उनले घटीमा ३५ हजार पाउछिन् । नेपाली पुगेका हरेक मुलुकमा आफ्नो सांगीतिक प्रस्तुति गरिसकेकी सुनिता स्वर, लुक्स र पर्फमेन्स तीनैकोणबाट अगाडि भएको कारणले पनि देश विदेशमा हुने साँगीतिक कार्यक्रमको मुख्य आकर्षण भएकी छिन् ।

उनी देशविदेशमा हुने कार्यक्रममा प्रायः साडीमै सजिने गर्छिन् भने म्युजिक भिडियोमा पनि विभिन्न संस्कृति झल्कने गरगहना र बुट्टेदार साडीमै देखिने गर्छिन् । ‘साडी मेरो मन पर्ने पहिरन हो त्यहिमाथि तीजको गीत भएकोले पनि साडी नै प्रयोग गर्छु’, उनी भन्छिन् । कार्यक्रममा उनले लगाएको साडी पनि बिक्री भएको छ । अनलाइनबाटै साडी बिक्रि गर्ने गरेकी सुनिताले ढाकाको साडी मात्र १०० पीस भन्दा बढी बिक्रि भइसकेका छन् । त्यसो त उनको कुपण्डोलमा पाटनरसिपमा खोलेको बुटिक पनि छ । त्यसैले प्रायः तीज गीतको म्युजिक भिडियोमा उनी आफैले डिजाइन गरेको साडीको प्रयोग गर्छिन् ।

sunita dulal

पद्यमकन्या क्याम्पसबाट गायनमा स्नातक सुनिता सानैदेखि गीतसंगीतमा रुची राख्थिन् । विद्यालयमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा नाच्ने गाउने गर्थिन् । सिन्धुपाल्चोकको जलबिरेमा जन्मिएकी सुनिताले गोल्डेन ब्राइट फ्यूचर बोर्डिङ स्कुलहुँदै श्री आनन्द सेकेन्डरी स्कुलबाट एसएलसि गरेर काठमाडौंको पद्यमकन्या कलेजमा गायन विषयमा अध्ययन गर्न थालिन् । संघर्षको दौरानमा बिहान कलेज दिउँसो भक्तपुरको एक बोर्डिङ स्कुलमा शिक्षिका हुँदै बेलुकी रेडियो एफएममा कार्यक्रम सञ्चालन गर्थिन् । उनले पहिलो पटक नेपाल टेलिभिजनमा सुसेली कार्यक्रम सञ्चालन गर्ने अवसर पाइन् ।  त्यसपछि इमेज एफएम र इमेज टेलिभिजनमा लोकदोहोरी गीतसम्वन्धी कार्यक्रम चलाउथिन् ।

लोककलाकारसँग अन्तरवार्ता लिदै र उनीहरुको गीत बजाउदा बजाउदै आफै गायिका बन्न पुगेकी सुनिता २०६० सालको तीजताका पहिलो एकल गीतिएल्वम ‘चेलीको माइती घर’ सार्वजनिक गरिन् । एल्वम रातारात चर्चित भयो । यहि गीतले उनलाई गायिकाको रुपमा स्थापित गरायो । पछि ‘अब त मैंलै नि झुम्का लगाउँछु’ बजारमा आएपछि यही गीतका कारण उनलाई विदेशबाट पनि निम्तो आउन थाल्यो ।

तीज गीत, लोकदोहोरी र केही आधुनिक गीतसमेत गाइसकेकी सुनिताले १२ वर्षको साँगीतिक यात्रामा १७ वटा एकल एल्वम निकालिसकेकी छिन् । उनका तीज गीत मात्र नभई लोकदोहोरी गीत पनि त्यतिकै हिट हुने गरेका छन् । उनको चर्चित गीतका कारण पछिल्लो समय देशविदेशमा हुने स्टेज कार्यक्रमका लागि भ्याइनभ्याइ छिन् । उनको सबै भन्दा बढी कमाइ हुने समय नै तीज हो ।

हरेक वर्ष तीजगीत अवार्ड पाउदै आएकी सुनिता साँगीतिक क्षेत्रमा निरन्तर लागिरहने बताउँछिन् । नेपाली गीत संगीतको अवस्था पहिलाको तुलनामा धेरै राम्रो भएको बताउने सुनिता गीत संख्यात्मक भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने बताउँछिन् । उनी गायनमा मात्र नभई विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय हुँदै आएकी छिन् । सिन्धुपाल्चोकको दुइवटा विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी र कपडा बाँडीसकेकी सुनिताले भूकम्पपिडित दुइजना बालबालिकालाई पढने खर्च समेत व्यहोर्दै आएकी छिन् ।

11960071_10152998466645776_8012291011572981213_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...