Advertisement
SKIP THIS

कोरियाको अस्पतालमा एक नेपाली अर्धचेत ,सहयोगको लागि सबैलाई अपिल


इपिएस मार्फत २ बर्ष अगाडी दक्षिण कोरियामा काम गर्न आएका रुपन्देहीका घनश्याम पल झन्डै एक हप्ता देखि अर्धचेत अबस्थामा अस्पतालको शैय्यामा रहेका छन् । आन्सान स्थित एक इलेक्ट्रिकल कम्पनीमा काम गर्ने पल नियमित काम गर्ने क्रममा गत हप्ता एक्कासि ढलेपछि कम्पनी ले नजिकै को छुङ्गु अस्पतालमा लगेर भर्ना गरिदिएको थियो । एम आर आइ सहित विभिन्न परिक्षण पश्चात चिकित्सकले “ब्रेन शेरेबल इन्फ्राक्सन” भएको र ब्रेनमा रगत जमेको कारण केहि दिन औषधि सेवन गरेर पुन: परिक्षण पश्चात शल्यक्रिया समेत गर्नु पर्ने अस्पताल श्रोत ले जनाएको रुपन्देही सम्पर्क समितिका अध्यक्ष्य हरि गौतम ले बताए ।
अस्पताल भर्ना भए पश्चात पनि उनको हात गोडा केहि नचल्ने र पटक पटक स्वास रोकिने गरेको कारण हाल चिकित्सकको बिशेष निगरानीमा उपचार भैरहेको हरि गौतम ले बताए । काम गर्ने कम्पनीले इन्स्युरेन्स समेत नगरिदिएको र उपचार पद्दति अत्यन्तै महँगो भएको कारणले हालसम्म ५० लाख कोरियन वन सकिसकेको साथै ब्रेनको रगत फाटिसके पछि तत्काल शल्यक्रिया गर्न कम्तिमा एक करोड वन लाग्ने भएकोले आबश्यक रकम तत्काल जोहो गर्न अस्पताल ले बताएको रुपन्देही सम्पर्क समाज का कोषाध्यक्ष आशिष भण्डारी ले बताए ।
घनश्याम पल कार्यरत उक्त कम्पनी उनको तेश्रो कम्पनि हो भने यस अघि पनि अन्य कम्पनीमा काम गर्दा दुर्घटनामा परेर लामो समय उपचार गरेको नजिक का साथि हरुले बताएका छन् l २८ बर्षीय घनश्याम पल लाइ उपचार गर्न थोरै भए पनि सहयोग पुर्याउने उदेश्य सहित रुपन्देही सम्पर्क समितिले सहयोग अभियान संचालन गर्ने भएको छ  भने कोरियामा रहनु भएका सम्पूर्ण दाजु भाइ दिदी बहिनि हरुलाई समितिले सहयोगको लागि हार्दिक अपिल गरेको छ ।
उपचारमा सहयोग गर्न चाहनु हुने महानुभाब हरुले आइ.बि. के. बैंक को २२१३३०१४३०२०११ आशिष भण्डारीको खाता नम्बरमा जम्मा गर्न सकिने जनाएको छ । भने ०१०४९९८९७७२ हरि गौतम , ०१०४८३७९३५७ राजिब लाइ सम्पर्क गर्न सकिने बताइएको छ l

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...