Advertisement
SKIP THIS

नयाँ शक्ति कोरियाले “पार्टी प्रवेश” कार्यक्रम राख्ने


फोनिज कोरिया सम्बाददाता
सउल, नयाँ शक्ति पार्टीको प्रबाश संगठन “अन्तराष्ट्रिय नेपाली समाज कोरियाले” छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिकमा गर्न गैरहेको बृहत खुल्ला तथा अन्तरक्रिया कार्यक्रम संगै “पार्टी प्रवेश” कार्यक्रम पनि राख्ने भएको छ । उक्त पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन एन.आर. एन. कोरियाका पदाधिकारीदेखि मजदुरसम्म, संघ सस्थाका प्रतिनिधिदेखि बिद्यार्थी हुदै पत्रकारसम्म दर्जनौ इच्छुक युवाहरुले आफ्नो नामावली उपलब्ध गराइसकेको नयाँ शक्ति कोरियाले जनाएको छ ।
नयाँ शक्ति पार्टी को ठोस एजेन्डा र पार्टीमा युवाहरुको चुलिएको लोकप्रियता संगै पार्टी प्रवेश कार्यक्रम पनि समाबेश गर्न आएको आग्रहलाइ मध्यनजर गर्दै स्वयं बाबुराम भट्टाराईको हातबाट पार्टी प्रबेश कार्यक्रम राखिएको नयाँ शक्ति कोरियाका संयोजक हेमन्त पुनले बताए l कुनै पनि बादमा आधारित नरहेको र समय सापेक्ष माग संगै युवाहरुलाई प्रशस्त स्थान दिएकोले नयाँ शक्ति पार्टी बिधिवत रुपमा प्रबेश गर्न लागेको एन.आर.एन. कोरियाका  पदाधिकारीहरु बताउँछन् । ।  एन.सी.सी. का पूर्व सभापति लोचन राइ, जनजाति महासंघ का पूर्व अध्यक्ष्य भक्त शेरचन, फिजिक्समा पी.एच.डी. गर्दै गरेका बिद्यार्थी गोबिन्द अधिकारी जस्ता प्रभावशाली व्यक्तिहरु यस अघि नै नयाँ शक्ति पार्टी प्रवेश गरिसकेका छन् ।
झन्डै एक बर्ष अगाडी अर्थात असोज ९ गते तत्कालिन एमाओबादी पार्टी र व्यबस्थापिका संसद सबै छाडेर बाबुराम खुल्ला सडकमा निस्के देखि नै नेपाली राजनीतिक वृतमा नयाँ शक्तिको तरंग हाबी भएको छ l त्यस्तै २०१६ फेब्रुवरी ६ तारिकका दिन कोरियाको राजधानी सउल मा बिशेष भेला सम्पन्न गरेर औपचारिक रुपमा संगठित भएको नयाँ शक्ति कोरिया स्थापनाको छोटो समयमै अत्यन्तै लोकप्रिय बनेको छ ।
नयाँ शक्ति ले कोरियालाई भूगोल र नेपालीहरुको घनत्वको आधारमा ६ क्षेत्र र २ उपक्षेत्रमा विभाजन गरि आफ्नो संगठनलाई फैलाएर १०१ सदस्यीय केन्द्रिय समिति र ३१ सदस्यीय सचिबालय समिति निर्माण गर्दै १२ सय भन्दा बढी सदस्य हरु वितरण गर्न सफल भएको नयाँ शक्ति कोरियाका संगठन बिभाग प्रमुख राजु श्री ले जानकारी दिए । सेप्टेम्बर १६ तारिकका दिन पार्टी स्थापनाको औचित्य र राष्ट्रिय भेलाको भाब सम्प्रेषण गर्न डा.बाबुराम भट्टराई सहित प्रबास संयोजक नबराज सुबेदी कोरिया आउदै छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...