कोरियामा झुम्की प्रदर्शनको मिति अक्टोबर १६ लाई सर्‍यो


सोल, कोरियामा सेप्टेम्बर ४ तारिखको लागि प्रदर्शन मिति तय गरेको बहुप्रतिक्षित नेपाली चलचित्र झुम्कीको प्रदर्शन मिति सरेको छ । कोरियाबासी नेपालीहरुले अब झुम्की अक्टोबर १६ मा हेर्न पाउने भएका छन । चलचित्रको प्राबिधिक कार्य सम्पन्न भई नसकेकोले समयमै चलचित्र उपलब्ध गराउन नसक्ने जानकारी झुम्की युनिटले गराइएको हुँदा बाध्य भएर प्रदर्शन मिति सार्नु परेको तमु धीँका महासचिव श्रीराम गुरुङले जानकारी दिए ।

चलचित्र प्रदर्शन गर्ने स्थान र समय भने पुर्व निर्धारित अनुसारै हुनेछ ।

सेप्टेम्बर ४ लाई भनेर कोरियाका विभिन्न संघसंस्था तथा अतिथिहरुलाई निमन्त्रणा तथा टिकट बिक्रि बितरणको लागि पत्र पठाइसकिएको र अक्टोबर १६ को निम्ति तय भएको नयाँ  मितिमा पनि यस अघि पठाइएकै निमन्त्रणा पत्र र बिक्री भैसकेको टिकटलाई आधार मानिने हुँदा सहयोग गरिदिनु हुन सबैमा धीँले अनुरोध गरेको छ ।

आपतकालीन राहतकोष वृद्धि र नेपाली कलासंस्कृतिको प्रवर्द्धन गर्ने उदेश्यले धीँले झुम्की कोरिया ल्याएको हो । नेपाली रजतपटका निकै ब्यस्त नायक तथा अभिनेता दयाहाङ राई , रिस्मा गुरुङ् र मनोज केसीको मुख्य अभिनय रहेको फिल्म झुम्कीलाई अपिल विष्टले निर्देशन गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...