सेप्टेम्बर ४मा बागलुङ र चितवनको संयुक्त चियापान हुने


सउल -छुसकको अबसर पारि छुसकको पहिलो दिन सेप्टेम्बर १४ मा चितवन सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको चितवन धमाका भाग ३ र छुसकको दोस्रो दिन सेप्टेम्बर १५ मा बागलुङ सम्पर्क समितिले आयोजना गर्न लागेको धौंलागिरि सांगितिक सौगात भाग ३ को तयारि र बिबिध पक्षबारे जानकारि दिने उद्दे्यले सेप्टेम्बर ४ तारिख आइतबार बागलुङ सम्पर्क समिति र चितवन सम्पर्क समितिले सयुक्त रुपमा चियापन तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेका छन ।

कार्यक्रम सभ्य र भब्य रुपमा सफल बनाउन कोरियाबासि सबै नेपालीलार्इ सहभागिता गराउन साथै आपसि एकताको सन्देश प्रवाह गराउन सयुक्त रुपमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको बागलुङ सम्पर्क समितिका अध्यक्ष याम श्रीसले बताए ।सेप्टेम्बर ४ मा दिनको ठिक११ बजे नेपाल हाउसमा सयुक्त रुपाम आयोजित ,चियापान तथा भेटघाट कार्यक्रममा सबैलार्इ उपस्थित भईदिनुहुन चितवन सम्पर्क समितिका अध्यक्ष दिल कुमार श्रेष्ठले आग्रह गरे । कोरियास्थित सबै सघस्थाका प्रतिनिधि,पत्रकार,बुद्दिजिवि तथा सबै तह तप्का र पेशामा आबद्द ब्यक्तिलाई उक्त दिन उपस्थितिका लागि बागलुङ र चितवनले सयुक्त रुपमा अपिल गरेका छन ।

बागलुङ सम्पर्क समिति दक्षिण कोरियामा २००१ मा स्थापना भई सक्रिय रुपमा स्वदेश तथा कोरियामा विभिन्न सामाजिक र सकरात्मक काम गर्द‌ै आएको छ । बागलुङ जिल्लाको बिकट ठाउमा स्वास्थ्य तथा शिक्षामा सहयोग गर्ने उद्देश्य धौंलागिरि सांगीतिक सौगात भाग ३ आयोजना गर्न लागेको हो भने चितवन सम्पर्क समितिले चितवन असहाय बालबालिका सहयोग अभियान सहयोगार्थ सेप्टेम्बर १४ मा चितवन धमका भाग -३ गर्न लागेको हो ।
बागलुङले चर्चित पप गायक अनिल सिं,चर्चित गायिका मेलिना राई,चर्चित लोकगायिका बेलि डान्सर प्रिति आले,चर्तित कबड्डि नायिका तथा नेतृङ्गना रिस्मा गुरुङ,चर्चित हास्य कलाकार जितु नेपाल (मुन्द्रे),चर्चित गायक संगितकार योगेशकाजि तथा चर्चित लोक गायक प्रकाश सपूत र रामकृष्णबम मल्ललाई स्टेजमा उतार्दै छ । भने चितवनले चर्चित पप गायक राजु लामा , चर्चित हास्य कलाकार सन्दिप क्षेत्री,चर्चित पप गायिका अन्जाना श्रेष्ठ र लोक गायिका शान्ति श्री परियार र खुमन अधिकारिलाई स्टेजमा उतार्दै छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • भूकम्प पिडित सहयोगार्थ गजेदोमा “दिमाग खराब” प्रदर्शन हुने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...