संस्थाका अध्यक्षदेखि विद्यार्थीसम्म नयाँ शक्तिमा प्रवेश


 

दक्षिण कोरिया, नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन अन्तर्राष्टिय नेपाली समाज दक्षिण कोरियाले सेक्टेम्बर १६ मा आयोजना गर्न लागेको वृहत खुला भेला तथा अन्तरक्रिया कार्यक्रमसँगै कोरियामा रहेका नेपाली युवाहरु नयाँ शक्तिमा प्रवेश गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विगत दुई दशकदेखि कोरियामा रहेर विभिन्न सामाजिक संघ संस्थामा आवद्ध जनाउदै आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको दुई कार्यकालसम्म अध्यक्ष पद सम्हालिसकेका भक्त शेरचन पनि हालै नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । त्यसैगरी सउलस्थित सेजोंग विश्वविद्यालयमा विद्यावारिधि गर्दै गरेका गोविन्द अधिकारी पनि नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।

यहि अगस्ट २८ तारिक आइतबारका दिन “नेपाल हाउस” सउल मा बसेको नयाँ शक्ति कोरियाको सचिबालय पदाधिकारी हरुको बैठकले शेरचन र अधिकारीलाइ औपचारिक रुपमा आफ्नो संगठनमा स्वागत गरेको हो l नयाँ शक्ति कोरियाका संयोजक हेमन्त पुन ले दुवै जनालाई खादा ओडाएर संगठनमा स्वागत गरेका थिए l

जनजाति महासंघ कोरियाका पूर्व अध्य्क्ष्य शेरचन म्याग्दी समाजका सल्लाहकार,थकाली समाज कोरियाका संरक्षक, एन सी सी कोरियाका सल्लाहकार,र म्याग्दी समाज कोरियाका सल्लाहकार रहेका छन् l

शेरचन र अधिकारीको पार्टी प्रवेशलाइ लिएर नयाँ शक्ति कोरियाका प्रबक्ता जिबन बिश्वकर्माले एक बिज्ञप्ति जारि गर्दै उहाहरुको आगमनले आम युबा बर्गलाई  थप उर्जा मिलेको जनाएका छन् l राष्ट्रलाइ आर्थिक समृद्दि तर्फ लैजान सचेत युवाहरु एक हुने क्रम जारी संगै उहा हरुको आगमनले संगठन ओजिलो बनेको छ भने क्रियाशील युबा हरुमा थप उर्जा मिलेको विज्ञप्तिमा जनाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...