Advertisement
SKIP THIS

कोरियामा तीज मनाउदै, थेगुमा लोकदोहोरी गायिका सुनिता दुलाल आउने


थेगु, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नेपालमा मात्र नभइ विदेशमा बस्ने नेपाली दिदी बहिनीहरुले पनि धुमधामका साथ मनाउदै आएका छन् । भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबार पर्ने तीज दक्षिण कोरियाको थेगु शहरमा भने लोकदोहोरी गायिका सुनिता दुलालका साथ मनाइने भएको छ ।
नेपाल अन्नपूर्ण सेवा समाज थेगुले महिलाहरुको महान चाड तीजको अवसरमा थेगुमा गर्न लागेको रमाइलो तीज कार्यक्रममा आफ्नो तीजका गीत तथा दोहोरी गीतहरुबाट नेपालीहरुलाई नचाउन गायिका दुलाल कोरिया आउने भएकी छिन् । थेगु क्यम्यङ देहाक्यो सङस मा मध्यान्ह १२ बजेदेखि सुरु हुन लागेको रमाइलो तीज कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । कोरियामा प्रत्येक वर्ष सबैभन्दा उत्कृष्ट तीज मनाउदै आईरहेको थेगु क्षेत्रमा कार्यक्रमलाई सफल बनाउन यस क्षेत्रमा धेरैको संख्यामा रहेका नेपाली चेलीहरु समेत सकृय भएर लागेका छन ।  कार्यक्रमलाई सफल बनाउन आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपाली संघ संस्था र समुदायमा हार्दिक अपिल समेत गरेको छ ।

14054190_1588795734747418_8616174509643802502_n

त्यसैगरी वुमन फर वुमनले पनि आइतबार सोलस्थित नेपाल हाउसमा तीज मनाउने भएको छ । कोरियामा रहेका नेपाली दिदिबहिनीहरुलाई आफनो संस्कृति र धर्म जोगाईराख्न परदेशमा समेत नेपालमा भएको भान गराउन यो कार्यक्रमको आयोजना गरिएको वुमन फर वुमनकी अध्यक्ष मल्लिका थकालीले बताईन् । उनले सो दिन कोरियामा रहेका सम्पुर्ण दिदिबहिनीलाई उपस्थित हुन आग्रह  गर्दै उक्त दिन कुनै पनि संघसंस्थाले कार्यक्रम नजुधाइ दिन पनि आग्रह गरेकी छिन् । ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...