नयाँ शक्ति कोरियाको ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न


सउल,  नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तराष्ट्रिय नेपाली समाज द.कोरियाको २ नम्बर क्षेत्र अन्तर्गत ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न भएको छ l यहि अगष्ट २१ तारिक आइतबारका दिन दुर्गा रेस्टुरेन्ट ओइजम्बुमा अन्तराष्ट्रिय नेपाली समाज कोरियाका संयोजक हेमन्त पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले सन्तोष गुरुङ को संयोजकत्वमा २१ सदस्यीय क्षेत्रिय समिति समेत चयन गरेको छ l नबगठित क्षेत्रिय कार्यसमितिको सह संयोजकमा नकुल आचार्य, सचिब ज्ञानेन्द्र रेग्मी र आर्थिक बिभाग चन्द्र तामाङ्ग रहेका छन् l त्यस्तै सदस्यहरुमा  शुरेश खड्का, खेम गुरुङ, प्रमेश राइ, इश्वर भुजेल, रोनिश चौधरी, शुशान्त सुस्लिङ्ग, रामहरी श्रेष्ठ, अरुण मल्ल, मिना बटाला, बिकाश देवकोटा, कमल साम्पाङ्ग, समिर हुसेन, शुरेश कार्की र 

सल्लाहकार मदन बानिया रहेका छन् l
“सम्भब छ समृदि हाम्रै पालामा” भन्ने मूल नाराका साथ आर्थिक एजेन्डा र प्रत्यक्ष्य निर्बाचित कार्यकारी राष्ट्र प्रमुखको राजनैतिक एजेन्डालाई आधार बनाएर उदाउदै गरेको नयाँ शक्ति पार्टीको धारणा बारेमा स्पष्ट प्रार्दै संयोजक पुनले समृद्द राष्ट्र निर्माणको जग बसाल्ने यो ऐतिहासिक घडीमा सबैलाई एकताबद्द हुन अपिल गर्दै भेलालाई सम्बोधन गरेका थिए l
त्यस्तै कोरियामा रहेका नेपालीहरुको चेतनाको स्तर उच्च रहेको प्रसंशा गर्दै स्थिर राजनीतिक भएको खण्डमा नेपाललाई पनि कोरिया जस्तै औद्योगिक र पर्यटकीय मुलुक बनाउन धेरै कुरिरहनु नपर्ने तर त्यसको लागि निश्चित उदेश्य बोकेर युबा साथीहरु अगाडी बढ्नु पर्ने धारणा युबा तथा खेलकुद बिभाग इन्चार्ज रमेश पुडासैनीले राखेका थिए l भेलालाई नयाँ शक्ति कोरियाका सचिब तथा २ नम्बर क्षेत्रका इन्चार्ज मिसन गुरुंगले संचालन गरेका थिए भने सहसंयोजक सरोज ढकाल लगायत अन्य पदाधिकारीले आफ्नो मन्तब्य राखेका थिए l
 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...