Advertisement
SKIP THIS

सेप्टेम्बर १६ मा गोरखा परिवारको अधिबेशन हुने


 

नेपाल गोरखा परिवार दक्षिण कोरियाको   गत आइतबार सोउलमा बसेको कार्य समितिको पुर्ण बैठकको निर्णय अनुसार सेप्टेम्बर १६ तारीख बेलुकी ५बजे देखि सौल(दोङ्देमुन)स्थित नेपाल हाउसमा हुने भएकोले कोरियामा रहनु भइ विभिन्न पेशा तथा ब्यबसायमा आवद्ध सम्पुर्ण कोरिया बासि गोरखालीहरुलाई उपस्थितको लागि गोर्खा परिवारले अनुरोध गरेको छ।

आपतकालीन राहत कोष स्थापना

साथै गोर्खा परिवारले गोर्खाका ब्रेन टियुमर बिरामी जीवन दुवाडिको उपचार्थ ‘जीवन दुवाडि बचाउ अभियान’बाट गोर्खा परिवारको खातामा जम्मा भएको रकम २७०२९४४वोन(सत्ताइस लाख दुई हजार नौ सय चौवालिस वोन) बाट निज बिरामीको लागि ५०००००वोन(पाँच लाख वोन) खर्च भई बाकी रहेको रकमलाई कोरियामा विभिन्न कामको शिलशिलामा बिरामी तथा आपत बिपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने उदेश्यले तत्कालको लागि गोर्खा परिवारको खातामा बाकी रहेको २२०२९४४ वोन (बाइस लाख दुई हजार नौ सय चौवालिस वोन)बाट ‘गोर्खा परिवार आपतकालीन राहत कोष ‘को औपचारिक रूपमा स्थापना गरेको कुरा सस्थाका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भएको छ।

राहत कोष संचालन तथा परिचालनको लागि राजेन्द्र श्रेष्ठ,लक्क्ष्मन भन्तना र यदु लामिछाने रहने गरि तीन सदस्यीय कोष परिचालन कमिटि गठन गरेको छ। जिबन दुवाडिको उपचार्थ अन्य संघ सस्थाले पनि सहयोग संकलन गरेको तर त्यस रकम अहिले सम्म पनि संकलन गर्ने सस्थाहरु सगै रहेकोले यथासक्य चादो संकलित रकम गोर्खा परिवारको आपतकालीन कोषमा जम्मा गरिदिनु हुन सम्बन्धित सबैमा गोर्खा परिवारले अनुरोध गरेको छ। साथै गोर्खा परिवारले गत बर्ष आयोजना गरेको मनासलु साङगितिक सौगात भाग २ बाट संकलन भएको रकमलाई गोर्खा परिवार द्वारा नेपालमा स्थापना भएको गोरखा परिवार वेयलफेयर फाउन्डेसनको कोष वृद्धि बिकासको लागि रु ५२२०००(पाँच लाख बाइस हजार)नेपाल पठाउने निर्णय गरेको छ।

अधिबेशनको लागि थप जानकारी :

मिति:२०१६/सेप्टेम्बर १६

स्थान :नेपाल हाउस (दोङ्देमुन)

समय:साझ ६बजे देखि

सम्पर्क

०१०९१४०२५३८

०१०२१७५३३६१

०१०३४३७६६५९

०१०५९३४४०२२

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...