Advertisement
SKIP THIS

किम्हे-बुसानमा “कन्काइ साँगितीक सौगातको ” वृहत प्रचारप्रसार


किम्हे, छुसकको दोस्रो दिन दक्षिण कोरियाको राजधानी सउलमा कन्काइ सांगीतिक सौगात कार्यक्रम गरिने भएको छ । झापा मिलन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको उक्त सांगीतिक कार्यक्रमको लागि किम्हे, बुसानमा रहेका नेपालीहरुले वृहत प्रचारप्रसार गर्न थालेका छन् ।
दक्षिण कोरीयामा रहेका धेरै संस्थाहरु मध्ये “झपा मिलन समाज दक्षिण कोरीया” एक नाम चलेको संस्था हो । कोरीयामा भएका हरेक कार्यक्रमहरुमा सक्रिय सहभागी बन्दै आएको यो संस्था सामाजिक सेवा क्षेत्रमा पनी त्यतिकै परिचित छ । कोरीयामा रहेका हरेक नेपालीहरुलाइ सुविधा होस भन्ने लक्ष्यका साथ यस संस्थाले “पाथीभरा आवास गृह” सन्चालनमा लियाइरहेको छ । यही आवास गृहलाइ सहयोग पुगोस भनेर झापा मिलन समाज दक्षिण कोरीयाले कन्काइ साँगितीक सौग़ात नामक साँगितीक धमाकाको आयोजना गरेको हो ।
कोरीयाको महान चार्ड छुसकको अवसर पारेर २०१६ सेप्टेम्वर १५ तारिक  उक्त सांगितीक धमाका हुने भएको हो । सउलको यन्से युनिर्भसिटि बेक्चुन्यन किन्यमग्वानमा हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरु  प्रमोद खरेल,विल्सन विक्रम राइ( तोक्मे बुढा), दिपक लिब्बु, नायिका प्रियंका कार्की,इन्दिरा जोशी, तथा अल्मोडा राना उप्रेति आदीको दम्दार प्रस्तुती रहने भएकोछ ।
14101570_1375670579176714_1153610666_n
उक्त कार्यक्रमलाइ सभ्य अनि भब्य बनाउन कोरीयाका बिभिन्न शहरहरुमा तिब्र प्रचारप्रसार भइरहेको छ । किम्हे-बुसान शहर वरपर रहेका नेपालीहरु तिब्र रुपमा प्रचार-प्रसारमा लागीरहेका छन । पोस्टर टाँस्ने, टिकेट वुकिङ गर्नेकाम पनी धमाधम भइरहेको छ । यो कार्यक्रम साँच्चिकै अविश्मणिय र उदाहरणिय वन्ने सबैले अनुमान गर्न थालेकाछन् । किम्हे- बुसान बाट बस लिएर कार्यक्रम स्थल सउल जाने तयारीमा यस क्षेत्रका साथीहरु जुटीरहेको जानकारी छ । उता आयोजकले पनी सम्पुर्ण तयारी पुरा भइसकेको अबस्था जनाएको छ । टिकेट लगायत अन्य थप जानकारीको लागी किम्हे-बुसान क्षेत्रका साथिहरुले निम्न ब्यक्तिहरुसंग सम्पर्क गर्नसकिने छ :-
१.भुवन बस्नेत – ०१०२८०५०७३२
२.रमेश नेउपाने -०१०७३१४९०१५
३.मधुसुदन महत – ०१०६६६८३८१२
४.राजु तामाङ – ०१०२२९५०३९६
५. गोविन्द पान्डे – ०१०७२६६४१२७
६. अशोक पोख्रेल – ०१०५९५००८८५
७. विकास निरौला – ०१०४९७२०९९४
८.सन्तोस पौडेल – ०१०९९२७३७७७

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...