Advertisement
SKIP THIS

लुम्बिनी बिकासकोषको उपाध्यक्ष पदमा भिक्षु निग्रोध


दिलिपसिंह कुलुङ
लुम्बिनी ५ जेठ । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी स्थित लुम्बिनी बिकास कोषको उपाध्यक्ष पदमा भिक्षु निग्रोधलाई नियुक्ति गरिएको छ । लामो समयदेखि रिक्त रहेको उपाध्यक्ष पदमा वैशाख १७ गते वेसेको मन्त्री परिषदको वेैठकले भिक्षुलाई नियुक्ति गर्ने निर्णय गरेको हो ।

पूर्व निर्णय बमोजिम भिक्षु निग्रोधलाई लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति मन्त्री दिपकचन्द्र अमात्यले दुई वर्ष कार्यकालको लागि नियुक्ति पत्र दिएपछि उनी गत सोमबारदेखि कार्यालयको कार्यभार संहालेको लुम्बिनी विकास कोषले जनाएको छ ।

काठमाडौंको पाटन निवासी भिक्षु निग्रोधले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा मानवशास्त्र विषयमा स्ताकोत्तर गरेका छन् । करिब २५ वर्षदेखि भिक्षु जीवन व्यतित गर्दै आएका उनी विश्व शान्ति बुद्धिस्ट विद्यायलका प्राचार्य, सुखी होटु नेपालका सभापति, संघका अध्यक्ष, थेरावादा बुद्धिस्ट एसोसियसनका सह सचिव, गुम्बा विहार व्यवस्थापन समितिका कार्यकारी सदस्य पदमा समेत जिम्मेवारी सम्हालिसकेको व्यक्तित्वलाई लुम्बिनीको उपाध्यक्ष पदमा जिम्मेवारी पाए पछि लुम्बिनी विकास कोषको निर्माण कार्यमा तिव्रता आउने लुम्बिनीवासीले स्वागत योग्य कदमको रुपमा लिन थालेका छन् ।

स्थानीय बौद्ध समाजका अध्यक्ष भिक्षु विवेकानन्दले उपाध्यक्ष निग्रोधको लुम्बिनी आगमनलाई स्वागत गर्दै सफल कार्यकालको कामना समेत गरेका छन् ।

यसअघि कोषका पूर्व उपाध्यक्ष भिक्षु कर्मा साङवो शेर्पाले माघ ५ गते आन्तरिक कारण देखाई दुई वर्ष कार्यवधि वांकी छदैं राजीनामा दिए पछि उपाध्यक्ष पद रिक्त रहदै आएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...