नयाँ शक्ति कोरियाले सउलमा हजारौ कार्यकर्ता उतार्ने दबी


सउल,
नयाँ शक्ति कोरियाको प्रवाश संगठन अन्तराष्ट्रिय नेपाली समाज  कोरियाले छुसकमा आफ्नो कार्यक्रम सफल पार्न हजारौ कार्यकर्ता र समर्थक हरुलाई सउलमा उतार्ने दबी गरेको छ । शुरुवातिका दिन देखिनै आक्रामक रणनीति अपनाउदै आएको नयाँ शक्तिलाई निकै चासोका साथ हेरिएको थियो  भने हाल आफ्नो संगठनलाई कोरियाभर फैलाएर १६ तारिकमा हुने बृहत खुल्ला भेलाको लागि अन्तिम तयारीमा जुटेको नयाँ शक्ति कोरियाका संगठन विभाव प्रमुख राजु श्रीले जनाए ।
सेप्टेम्बर १६ तारिख कोरियाको राजधानी सउलमा हुने बृहत खुल्ला भेलामा डा. बाबुराम भट्टराइले नयाँ शक्ति पार्टी स्थापनाको औचित्य बारे प्रष्ट पार्दै समृद्द नेपाल निर्माणमा प्रबाशी युवाहरुको भूमिका सम्बन्धमा खुल्ला अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ l १६ तारिकको कार्यक्रममा अनिबार्य उपस्थित हुन आफ्ना सम्पूर्ण कार्यकर्तालाई नयाँ शक्ति कोरियाले ह्विप समेत जारि गरेको छ l
कोरियामा नयाँ शक्तिको ८ सय सस्थापक सहित २ हजार भन्दा बढी कार्यकर्ता रहेको छन् भने कोरियालाई ६ क्षेत्र सहित २ उपक्षेत्रमा विभाजन गरिएको छ ।  बैकल्पिक राजनीतिक धारको रुपमा उदाएको नयाँ शक्तिलाई राजनीति वृतमा निकै चासोका साथ हेरिएको छ ।  मौलिकतामा आधारित बाद र समय सापेक्ष एजेन्डालाई आफ्नो मुद्दा बनाएका कारण युबा बर्गको आकर्षण समेत ह्वात्तै बढेको संगठन विभाव प्रमुख राजु श्रीको भनाई  छ ।
जेठ ३० मा काठमाडौंमा भब्य उद्घाटन भए पश्चात नयाँ शक्तिले निर्वाचन आयोग पुगेर बैधानिक रुपमा दल दर्ता समेत गरिसकेको छ भने प्रबाशमा रहेका आफ्ना संगठनलाई क्रियाशील बनाउन सामाजिक संजाल मार्फत नियमित अनलाइन बैठक तथा राजनीतिक प्रशिक्षन समेत दिदै आएको छ l नयाँ शक्तिले हालसम्म ३० भन्दा बढी राष्ट्रमा आफ्नो संगठन बिस्तार गरिसकेको छ l

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...