कोरीयामा कम्पनी परीवर्तन गर्दै हुनुहुन्छ !! पहिला यता ध्यान दिनुस


एशियामा रोजगारी दिने मुलुकहरु मध्ये एक प्रमुख राष्ट्र हो दक्षिण कोरीया । अन्तराष्ट्रीय श्रम-कानुनको नियमलाइ राम्ररी पालना गर्ने मुलुक भनेर पनी चिनीन्छ दक्षिण कोरीया । वर्तमान समयमा करिब १५ भन्दा बढी देशका कामदारहरु विभिन्न क्षेत्रमा कार्यरतछन् यहाँ । प्रतेक बर्ष विदेशी कामदारहरुको संख्यामा वृद्धी पनी भइरहेको छ । यसरी प्रतेक बर्ष कामदार आइरहने मुलुकहरु मध्ये हाम्रो देश नेपाल पनी एउटा हो । पर्यटकीय भिषा,नेपाल सरकार, लुम्बिनी र मुन्ड्रफ मेनपावर कम्पनी हुँदै वर्तमान अबस्थामा सन २००८ बाट इपियस प्रणाली लागुभएबाट करीब ४५ हजारको हाराहारीमा नेपालीहरुको संख्या रहेको अनुमान छ ।
इपियस कामदार बाहेक- विद्यार्थी,ब्यबासायी,वैवाहिक सम्बन्ध,धार्मीक संस्था आदी तरीकाबाट पनी नेपालीहरु रहेकाछन् कोरीयामा । अहिले वर्तमान समयमा आएर, खासगरेर नेपालीहरुको हदमा १६ वटा विवरण पेश नगरे भिजा नदिने सुचना पनी सार्वजनिक गरेको अबस्था छ जसको अबजस वा कारण अवैद्य नेपाली कामदारलाइ लिएको छ । हुन त इपियस प्रणालीमा कम्पनी परीवर्तन गर्ने र कम्पनी रोज्ने कुरालाइ कम महत्व वा राम्रो मानिदैन यो हामी सबैले बुझ्न जरुरी पनी छ ।आजभोली यो कुरालाइ अझ जटिल र कठिन बनाउँदै लगेको पनी छ ।
यी र यस्ता घटना र कुराहरुलाइ मध्यनजर गर्दै, कम्पनी परीवर्तन गर्ने बारेमा वा सम्बन्धमा मैले केही कुरा जानकारी गराउने प्रयास गरेको छु । जसलाइ बुँदागत रुपमा यसरी जानकारी गराउने प्रयास गरेको छु ।
तँपाइको सोचमा परीवर्तन आउन आबश्यक छ :-
पहिलेको जस्तो अबस्था छैन अहीले, नेपालबाट नै कोरीयाको बारेमा धेरै जानकारी हुन्छ। कोरीया आउनु अघी नै कम्पनी परीवर्तन गर्ने सोच लिएर आएका हुन्छौं हामी, जुन नराम्रो कुरा हो। काम गरिरहेको कम्पनीमा थोरै पनी आफैंले भने जस्तो भएन भने कम्पनी परीवर्तन गर्ने मोडमा पुग्छौं यो नराम्रो बानी हो । दुइ देशको सम्झौताको कुरा हो,हाम्रो अधिकारको कुरा हो भन्ने जस्ता सोचहरु, त्यस्तै काम कठिन नै किननहोस महिनाको बढी तलब चाहिन्छ हामीलाइ, संवास्थ्यको मतलब हुन्न, यसरी अघी बढ्छौं हामी यो ज्यादै नराम्रो सोचाइ हो ।
नेपालीहरुको एकतामा सुधारको आबश्यकता :-
जातीय, क्षेत्रीय, पार्टीय,गुटीय, आफन्त आदी-आदी कारणबाट नेपाली-नेपाली बिचमा सम्बन्ध रहेको छ यो सत्य कुरा हो । एउटै कम्पनीमा र कम्पनी परीवर्तन गर्दा पनी यही प्रवृती र सोचाइले महत्वपुर्ण भुमीका खेलीरहेको छ यो साँच्चै नराम्रो कुरा हो । सम्पुर्ण नेपालीहरुको बलियो एकता,समान सम्बन्ध र सुधारमा ध्यान जान आबश्यक छ ।
सत्य कुरा भन्दा पनी हल्लामा विश्वास गर्ने हाम्रो वानी :-
पहिला सत्य कुरा के हो बुझ्न आबश्यक हुन्छ, सकेसम्म पहिलो कम्पनीमा दिर्घकालीन समय सम्म रहने सोच अति राम्रो । तलब, काम अनि सेवा-सुविधाको बारेमा साथीभाइको कुरा मात्र सुनेर कम्पनी परीवर्तन गर्नु दुखद कुरा हो । यही कारणले धेरै साथीहरुले दुख पाएका र पछुताएका घटनाहरु हाम्रो सामु धेरैछन् ।
ठगी र समस्याको बारेमा कानुनी रुपमा बुझेर अघी बढ्नु अनिबार्य :-
सबै कम्पनी मालिक राम्रा हुँदैनन्, धेरै दुख दिने, सुविधा कटौती गर्ने,तलब समयमा नदीने, तलब बाट चाहीने भन्दा बढी पैसा कटाउने, ज्यादै तल्लो स्थर र घृणीत ब्यबाहार गर्ने, कोठाबाट बाहीर निस्कन नदिने,आदी प्रकारका पनी हुन्छन । यस्ता समस्याको बारेमा कोरीयन अर्थात नेपाली सहयोगी, जानकारी साथी,ब्यक्ति र संस्थाको सहयोगमा कानुनी रुपले अघिबढ्नु उत्तम उपाय हो । बुझेर विवेकले काम गर्नुपर्ने देखीन्छ ।
कामको प्रकृति :-
हुन त हामी डी थ्री काम जो कोरीयनले नगर्ने काम, खतरा ( कठीन,जोखीम र फोहोरी ) काम गर्न भनेर आएका हुन्छौं तर पनी कतिपय काम सोचे भन्दा र भने भन्दा ज्यादै कठीन र जटील पनी हुने गर्दछन्, यस्तो अबस्थामा मात्र नियम अनुसार सोधबुझ गरेर कम्पनी सर्नु आबश्यक हुन्छ । सुरक्षा र स्वास्थ्य नै पहिलो धन हुन्छ यो बेला । 
कम्पनी परीवर्तन गर्दा आइपर्ने दु:खहरु :-
सकेसम्म भिजा ( भिसा) अवधी लामो भएको अबस्थामा मात्र कम्पनी परीवर्तन गर्नुपर्दछ, यदी भिजा अवधी छोटो (थोरै) भए राम्रो कम्पनीले राख्न मान्दैन । नोदोङबु मा पनी नियम अलि कडापारीएको छ भने शुरुमा धेरै काम नलाग्ने मियासेज दिने,कम्पनी रोज्न नपाइने,कम्पनी खोज्दा धेरै समय लाग्ने, धेरै खर्चहुने, खान-बस्न समस्या हुने आदी-आदी समस्याहरु आइपर्दछन । त्यसैले यी कुराहरुको बारेमा राम्ररी बुझेर वा साथी भाइसंग सहयोग र परामर्श लिएर काम गर्नु राम्रो हुन्छ । 
काम गर्दा र बस्दाको समयमा :-
संगै कामगर्ने कोरीयन,अन्य विदेशी र नेपाली, कोठामा बस्ने साथीहरुसंग मिलेर बस्नु ज्यादै अनिबार्य कुरा हुन्छ, साथै खानपान र रमाइलोमा पनी सन्तुलीत किसीमले हुन आबश्यक हुन्छ । काम गर्दा सुरक्षित तरीकाले सबैको मन जित्नु र मिलेर गर्नु राम्रो हुन्छ,किनकी हाम्रो अनुहार भन्दापनी कामको सम्बन्ध हुन्छ जहाँ ।
अहीले कम्पनी परीवर्तन गर्ने नेपालीहरुको संख्यामा ठुलो वृद्धी भइरहेको अबस्थामा, पटक-पटक कम्पनी परीवर्तन गरीरहनुपरेको अबस्थामा, नेपालीहरुले कम्पनी परीवर्तन गर्दा धेरै दुख पाइरहेको अबस्थामा यी र यस्ता सना-साना कुरामा पनी हामीले ध्यान दिएमा हाम्रो दुख कम हुनेथियो की भन्ने आशा राखेको छु । पाएको अधिकारको प्रोग बुझेर उचित तरीकाले गर्नुको अर्थ र महत्व नै बैग्लै हुन्छ त्यसैले हल्लामा भन्दा सत्यकुरालाइ स्थान दिनेगरौं । सकेसम्म पहिलो कम्पनी परीवर्तन नगरेको धेरै राम्रो, महिनाको तलब भन्दा पनी आफ्नो स्वास्थ्यलाइ प्राथमिकतामा राखौं । गैरकानुनी तरीका र ब्यबाहारलाइ प्रयोग नगरौं नेपाल र कोरीयाको सम्बन्धलाइ सधैं बलियो र उच्च पारौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...