कोरियामा रहेका युवाहरु नयाँ शक्तिप्रति किन आकर्षित भए ?


बैकल्पिक राजनीतिक धारको रुपमा उदाएको नयाँ शक्ति यतिबेला सर्बत्र चर्चाको शिखरमा छ । गत जेठ ३० गते दशरथ रंगशालाबाट औपचारिक रुपमा पार्टी घोषणा भएको नयाँ शक्ति प्रति बिदेशमा रहेका युबाहरुको आकर्षण ह्वातै बढेको देखिएको छ । कोरियामा पनि नयाँ शक्तिले आफ्नो संगठनलाइ आक्रामक शैलीमा बिस्तार गरेर अन्य सबै राजनीतिक दलका संगठनलाई पछाडी पारेको समाचारहरु बारम्बार सुन्नमा आइरहेको छ । यसै सिलसिलामा कोरियामा रहेका युवाहरु नयाँ शक्ति प्रति के कारणले आकर्षित छन् त ?  फ़ोनिज कोरियाले तयार पारेको एक रिपोर्ट :
udaya rai
राजनीतिक बिकाशको लागि नयाँ शक्ति, पर्बत राई
अस्थिर र अमर्यादित राजनीतिक क्रियाकलापले गर्दा आज देश र जनताले दुख भोग्नु परिरहेको बर्तमान अबस्थामा , नया शक्ति पार्टीले मर्यादित र समानुपातिक सहभागितामुलक राजनीतिक प्रणाली प्रतिपादन गरि यसलाई अंगिकार गरेको छ | राज्यको हरेक तह र तप्कामा आदिबाशी जनजाती , दलित , मधेसी , मुस्लिम, खस आर्य लगाएत सम्पूर्ण वर्ग , क्षेत्र र लिङ्गको समाबेशिमुलक प्रतिनिधित्व हुनपर्छ भन्दै समाज परिबर्तनको साथै आर्थिक क्रान्ति गरेर समुन्नत रास्ट्रको निर्माण गर्नकोलागि प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने अभियानै चलाएको हुनाले नया शक्ति पार्टीको यो अभियान समय सापेक्ष, यथार्थपरक र दुरगामी भयकोले नया शक्ति पार्टी अबको निकास को विकल्प हो ।
नयाँ शक्तिमा युबा बर्गलाई अट्नु पर्छ , नारायणी जिएम
अस्थिर र ब्यक्ति बादि राजनीतिमा गलत चलखेलका कारण देश सधै पछाडी परेको सबैमा छर्लंग छ l अब यो पछौटेपनलाई निर्मुल पार्नको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जादै स्थिर सरकार निर्माण गरेर देशलाई आर्थिक बिकासतर्फ लैजाने नयाँ शक्तिको प्रष्ट योजना नै अबको विकल्प हो साथै कार्यक्षमताको मूल्याकंनको आधारमा कार्य बिभाजन गरेर युबा बर्गलाई समेट्दै नेत्तृत्व तह सम्म समान पहुच राखेर स्वच्छ राजनीतिक अभ्यास गर्न म नयाँ शक्तिमा छु र गर्ब छ l
ramesh pudasaini
दुरदर्शी राजनीतिको आबश्यकता, रमेश पुडासैनी
देशमा देखिएको राजनीति अस्थिरताको मुख्य कारण शासकीय प्रणाली नै गलत भएको कारण देशले कहिल्यै सुनौलो मुहार फेर्न सकेन l जबसम्म यो प्रणाली रहन्छ तबसम्म देश मा कुनै बिकाश र निकास सम्बभ हुनै सक्दैन । देशलाई सहि दिशाबोध गर्न र नेतृत्व प्रधान गर्न राजनीतिमा दुरदर्शिता हुनुपदर्छ यो कुनै राजनीति पाटीमा प्रष्ट देखिएन ।तसर्थ देश बिकास र समृद्धिका लागि नयाँ शक्तिले अघि सारेको प्रत्य्क्ष्य निर्बाचित कार्यकारी राष्ट्र प्रमुख लगायत (पाँच स ) का कारण देशलाई निकाश दिन सकिने हुनाले नयाँ शक्ति प्रती बिश्वस्त भएर आवद्ध भएको हु ।बिस्वभर रहेका हामि नेपाली युवा हरु देशलाई बिकास र निकास दिन एक जुट हुनु जरुरी छ।
shiva
आदर्श र सरल जिबन ब्यक्त गर्ने व्यक्तिले स्वच्छ राजनीति गर्न सक्छ , शिव मरहट्टा
बाबुरामको आदर्श , ऊनको सादा जीवन, राष्ट्रिय हितलाई सर्बोपरि ठान्ने नेता र पारदर्शिता नै नयाँ शक्तिको लागि काफी छ l साथै नयाँ शक्ति नेपालले लिएको ५ स को सिद्दान्त नेपालका लागि बरदान स्वरुप हुन सक्छन l राष्ट्र निर्माणका लागि प्रयोग भैसकेका नेता भन्दा युबा र बिभिन्न क्षेत्रका बिज्ञहरूको उपस्थितिले पार्टीलाइ बिल्कुल फरक बनाएको महसुस गरेको छु l साथै स्थिर सरकारको लागि प्रत्यक्ष्य निर्बाचित कार्यकारी राष्ट्रपति प्राणाली अबको आबश्यकाता भएकोले नयाँ शक्तिको उक्त एजेन्डा सहित समग्रमा नेपाल राष्ट्रको बिकास नै यस पाटीको मूल मन्त्र भएकाले नयाँ शक्ति लाई मैले मन पराएको हूँ ।
raju
अस्थिर सरकार र संसदीय खेल नै देशको प्रमुख बाधक, राजु पोखरेल
अस्थिर सरकारले निम्त्याएको भष्ट्राचार ,गरिबी, बेरोजगारी, कुशाशन र पछौटेपनलाइ जरै देखि उखेलेर फाल्नको लागि प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपति प्रणाली सहित अबको निकाश आर्थिक बिकाश आबश्यकता भएकोले देशमा नयाँ शक्तिको विकल्प छैन l राष्ट्रलाई बिकशित बनाउनको लागि अब युबा जुट्नु पर्ने देखिएकोले नयाँ शक्तिको युबा मैत्री राजनीति प्रती पनि आकर्षित भएको छु ।
yagge
युबा राजनीतिक हतियार होइनन् समृदि का बाहक हुन् ,यज्ञ मुर्ति पोख्रेल
“अवको निकास आर्थिक विकास” र “सम्भब छ संबृद्धि हाम्रै पालामा” जस्ता अग्रगामी नारा सहित देश बिकास र संबृद्धिका लागि राजनीतिक स्थिरता, राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र यी सबैका लागि नयाँ शक्ति एउटा प्रमुख कारण हो भने आज सम्म हरेक राजनीतिक दलले युवालाई राजनीतिक उद्देश्य प्राप्तिको योद्धा मात्र बनाउने परम्परालाई चिर्दै युवालाई आर्थिक संबृद्धिको वाहक पनि बनाउने मिसन, भिजन र रणनीति नयाँ शक्तिसंग भएको हुनाले म तन, मन बचन र कर्मले नयाँ शक्तिप्रति समर्पित छु ।
mision
जनजातिका मुद्दाहरु कतै सुनुवाई भएन मिसन गुरुङ
सदियौ देखि हेपिदै आएका आदिबासी जनजाति र दलित प्रति कुनै पनि राजनीतिक दल गम्भीर देखिएनन ।यी बर्गलाइ सधै सत्ताको भर्याङ्ग मात्र बनाइयो । नयाँ शक्तिले आफ्ना एजेन्डामा क्लस्टर का मुद्दा पनि समेटेको र स्थिर सरकारको लागि देशमा प्रत्य्क्ष्य निर्बाचित कार्यकारी राष्ट्रपति प्रणाली पनि आबश्यक रहेकोले नयाँ शक्ति मेरो रोजाइको “आइफोन” हो ।
narayan
समृद्ध देशको नागरिक भएर मर्ने स्वार्थ, नारायन गिरि
जसले आफ्नो जीवन देश र जनताको लागि समर्पित गर्यो र आजको राजनीति उपलब्धि प्राप्त भए । जो संग करोडौं आम्दानी गर्ना सक्ने सामर्थ्य हुदा हुँदै पनि आफ्नो बिलासी जीवन रोजेना र प्रण गर्यो जनताको घर नबने सम्म आफ्नो घरको नक्सा नकोर्ने अनि संकल्प गर्यो समृद्ध नेपाल निर्माणको एउटा भिजन र बिकासका मोडेलका साथ । एउटा बुढोले यो उमेरमा यति धेरै सक्रियताका साथ समृद्ध देश निर्माणको बाटोमा लम्कन सक्छ भने किन मैले साथ नदिम यसमा मेरो स्वार्थ पनि त लुकेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...