Advertisement
SKIP THIS

परदेशीको पीडा


कोरिया यो तातो गर्मीमा  दिन भरी पसिनाले भिजेको यो लुत्रुक शरीरलाई यो सानो बन्द कोठा भित्र चलिरहेको चिसो एसीमा आफ्नो शरीर लाइ सुकाइरहेको छु। पल्टीएको छु यो थात्रो चकटीमाथी र देखिरहेको छु अनेक सपना । यो आँखा झिमिक्क गर्न मान्दै , मान्दैन सायद निन्द्राले पनि अन्तै बसाई सारी सक्यो कि ,क्यारे ।

कोठामा म जस्तै सपना बोकेको चार जना साथि हरु मस्त निन्द्रामा पल्टीएका छ्न सायद दिन भरीको गधा जस्तो कामले त होला नि।कहिले  काहीँ डर लाग्छ  दिन भरी घाम मा फिनिल हाउस वा कम्पनी भित्र पसिन तप तप चुहएर राती चिसो एसीमा सुतेको साथीहरु कतै ब्लड सर्कुलसिओन बन्द भयेर सुतेको सुतै हुन्छ्न कि।

केही महिना अघि एक जना भोजपुर को दाइ दिन भरीको थकान मेटाउन खाना खाएर अराम गरेको दाइ बिहान उट्दा संसारबाट बिदा हुनुभयेछ।मैले मेरो प्यारो दाइ गुमाएको  छु।राती अनेक सपना बोकेर सुतेको अराम गरेको दाइ अहिले पनि मेरो वरिपरि घुमिरहेको जस्तै लाग्छ । कठै हामी नेपाली को जिन्दगी।

बिहान् पाखा  झिस्मिस्स्सेमा उठेर बेलुकाको चिसो भात बोकेर काममा जानु छ। थाहा छैन कहिले सम्म यो शरीरलाई निस्तो र चिसो भात ले टीकाइरहेन्छ । काम त गर्नु नै छ मेहनत साथ गर्दा नि साहु र नेपाली भनौदा सिनियरको नमिठो बोली ले यो मन कटक्क  खान्छ । कहाँ गयो हामी वीर नेपाली को नझुक्ने शिर ।

संगैको साथी फेस्बुकमा ठुला भवन र सपिङ महल अगाडि सेल्फी हनिरहेका छ्न। कति चलौछौ फ्रन्ट क्यामेरा त्यो फोटोले लिदैछ नेपाल को भाइ बाहिनी को कोरिया आउने साहरा ,नेपालको गाउँमा मलामी जाने युवा छैनन् , जन्ती जाने लक्का जबान छैनन् , बन्द गरिदेउ ,सक्छौ भने देखाइदेउ त्यो रगत र पसिना बगदै गर्द को  अवस्था । के तिमी सक्छौ ?

केही महीना अधि क्येमिकल ट्यांकी सफा गर्ने क्रममा र मेसिनमा च्यापेर हामीले हाम्रो देशको सपूत घुमाइ सकेका  छौ। म आँसु खसाल्दै भकानले रुइरहेको त्यो दिदी को फोटो हेर्दैछु।अनि एक्नास ले हेरिरहेको छु त्यो अबोध बाल्कलाई जस्ले आफ्नो बाबाको शरीरलाई हेर्न घन्टौदेखि शबगृहमा कुरिरहेको छन् ।

अनि मन्मनै भन्छु म कठै हाम्रो चेली को भाग्य अनि म जस्तै प्रदेसिएको युवाको जीवन कति सस्तो भो हाम्रो मृत्यु ।

यसरी नै कहिले सम्म आफ्नो बलि दिने सायद इमान्दरी र बाहदुरको रगत भएर  होला। बिश्व युद्धमा विश्वको कुना कुनामा नेपालीको रगत र जनयुद्धमा आफ्नै देशमा रगतको खोला बगायौ ।

कहाँ छ यो सरकार मलाई जबाफ  देउ ।दुई छाकको  संघर्श गर्दै पढेर योग्य भएका नौजवानलाई देशमा केही गर्न दिन नसक्ने हैसियत छ तिम्रो सरकार ।

एक मात्र बिमानस्थलमा रातो क्यप लगाएर बिदा गर्न आतुर छौ तिमी सरकार ।भाषा परिक्षा फारम भर्दादेखि शुल्क लिन पल्केको आयश्रोत बनाएछौ सरकार । दुध दिने गाईलाई अरुको देशमा गोरु बनौदा लुगा लगाएर हिंड्न् लाज लगोस सरकार ?

इराक मा १२  नेपाली रेटिए  अफ्गनिस्थनमा १३  नेपाली भुटिए  मलेसिया मा १०  रुपैयाँकालागि लिन्छन् ज्यान नेपालीको, साउदी, कतार दुबईमा गर्मीले मर्दैछ्न, कोरियामा सहयोगि हात नभएर स्याउ जस्तै फलिरहेछ्न। यस्तो हुदा नि रेमित्यन्स ले देश टीकाइरहेको छौ हामीले सरकार

त्यो पचास लाख  जनता बिदेशी भुमिमा रगत र पसिना बगाएकोलाइ जबाफ देउ ?

एक मात्रै विमानस्थलमा बिदेशीनेको लर्को देखर मेरो मतृभुमी खुशी छैनन् ।गुलाबी रङको फर्किने बाकस ले प्रत्येक गाउँ को चेलीको सिन्दुर पुछेको छ। केटाकेटी को खुसी र भबिस्य खोसेको छ। नेपाल आमाले प्रत्येक दिन कर्णाधार सन्तान गुमाएकी छिन।

तल्लो घरको रामे दाइ कपालको रौ कालो छ्दा नै एउटा झोलामा अफ्नो सपना बोकेर त्यो आकसको बाटो हुँदै परदेशि भुमीमा त्यो अफ्नो पसिना लाई पखुराले पुछ्दा पुछ्दै त्यो कालो कपाल कहिले ले सेतो भयो उसलाई नि थाहा नहुदो रहेछ।

एपिएस  तिमीले भैसिपाटी तालिममा त कोरियाको बर्णन गरौ र देखयौ सपना ,दैनिक भत्ता पचौने शिक्षकले दिये कोरिया को उच्च जीवन शैली को बर्णन , के तिनीहरुले भोगेका थिएन्न संघर्ष  खोइ त्यो संघर्षको पलको परिचय सधै बोका, कहिले सम्म बनौछौ नेपाली  जनतालाई।

अन्तिममा जहाँ जस्तो भएपनी  आफ्नो बल बुद्धी होसियारले गर्नु तपाईंको साथ नेपाली आमाले दिनुहुन्छ । य नेपाल । जय स्वभिमान ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...