Advertisement
SKIP THIS

नेपथ्यको लाईभ कन्सर्टको पोष्टर सार्बजनिक


 सउल, तामाङ संघ दक्षिण कोरियाले आयोजना गरिएको “को म्हेन्दो डाङ्” “नेपथ्य लाईभ कन्सर्ट” को पोष्टर सार्बजनिक भएको छ । गत १४ तारिक आईतबार सोयोसान स्थित मगर संघ कोरियाले आयोजना गरेको “स्व. हेम पुन मगर स्मृति नकआउट फुटबल प्रतियोगितामा” औपचारिक रुपमा पोष्टर सार्बजानिक गरिएको हो ।
तामाङ् संघ दक्षिण कोरियाका अध्यक्ष उईना सिङ तामाङ् , जनजाती महासंघ दक्षिण कोरियाका अध्यक्ष चित्र बहादुर मोक्तान ,बरिष्ठ उपाध्यक्ष पबन चाम्लिङ् राई , मगर संघका अध्यक्ष खड्ग मगर , किराँत राई यायोख्या दक्षिण कोरियाका बरिष्ठ उपाध्यक्ष बाल कृष्ण बान्तवा, संघीय समाजबादी फोरम कोरियाका अध्यक्ष देवराज स्याङ्तान, जन सम्पर्क समिति कोरियाका कार्यबाहक महामन्त्री भिम राज चेम्जोंग र खोटांङ्ग सेवा समाजका अध्यक्ष अमृत राई लगायत अन्य बिबिन्न संघ संस्थाका प्रतिनिधि र खेलाडी हरु बीच नेपथ्य लाईभ कन्सर्टको पोष्टर सार्बजनिक गरिएको थियो ।
उपस्थित सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुले कार्यक्रम सफलताको कामना गरेका थिए । साथै भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । यहि सेप्टेम्बर १५ (छुसकको दोस्रो दिन) बृहत सांगीतिक कार्यक्रम “को म्हेन्दो डांङ् नेपथ्य लाईभ कन्सर्ट “सोल स्थित बाल्सन यक नजिकै रहेको “केबिएस एरिना” हलमा सम्पन्न हुन गै रहेको छ। अत्याधुनिक सुबिधा सम्पन्न , बिश्व प्रसिद्ध कोरियन गायक साईको गाङ्गनाम स्टाईल, चर्चित के पप “गर्ल्स जेनेरेसन” र सिस्टर बिग ब्यांग लगाएत अन्य बिभिन्न चर्चित कलाकार र ब्याण्डले लाईभ प्रस्तुति दिईसकेको केबिएस एरिना हलमा, बिश्व स्तरीय साउण्ड सिस्टम, लाईटिंग र फुल्ली एअर कन्डिसनको सुबिधा समेत रहेको हुँदा सम्पूर्ण कोरिया बासि नेपाली जनसमुदायलाई उपस्थित भै भरपुर मनोरन्जन लिनु हुन् तामाङ् संघ दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।
14059962_174735366269668_1958383038_o
14012923_174735182936353_173274244_o
14001679_174735256269679_963280252_o

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...