Advertisement
SKIP THIS

लमजुङ् एफसीको पोल्टामा उपाधी


सउल,

नेपाल मगर संघ गणतन्त्र कोरियाले पहिलो पटक आयोजना गरेको स्व. हेम पुन मगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को उपाधी लमजुङ् एफ सीले जितको छ । आइतबार सम्पन्न प्रतियोगितामा विजेता समूहले १६ लाख वन नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको थियो । १६ समूहको सहभागिता रहेको टुर्नमेन्टमा फाइनलमा पुगेका लम्जुइ० एफसीले मेचीमहाकाली एफसीलाई  १-0  गोल अन्तरले विजय हासिल गरेको थियो ।

कोरियाको वढ्दो गर्मीको प्रर्वाह नगरी अत्यन्त सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको उक्त प्रतियोगिताको उपविजेता मेचीमहाकाली एफ सि बन्न सफल भएको थियो । उपविजेता समूहलाई ८ लाख नगद सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी लम्जुङ एफ सि का शिशिर अधिकारी,उत्कृष्ट गोल रक्षक मेचीमहाकाली एफ सि का छिरिङ्ग लामा भए भने उच्च  गोलकर्ता मेचीमहाकाली एफ सि कै कमल बस्नेतले हात पारे ।

उक्त दिन विभिन्न सङ्घ संस्थाको  कार्यक्रम भएता पनि कार्यक्रम सोचेको भन्दा अत्यन्त सफल भएको थियो । दर्शकहरु  बिहान देखि बेलुकी सम्म खेलमैदानको वरिपरि खचमच्च भरिएको थियो ।

कार्यक्रममा आउनु भइ कार्यक्रम भब्य सफल बनाईदिनु हुने सम्पुर्ण सहभागी फुटबल टिम, उक्त कार्यक्रमका सम्पुर्ण स्पोन्सर ज्युहरु, संघ सँस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी, पत्रकार मित्रहरु तथा सम्पुर्ण दर्शक महानुभाबहरुमा मगर संघ कोरियाका अध्यक्ष श्री खड्ग थापा मगर ले हार्दिक आभार  ब्यक्त  गरे ।

उक्त कार्यक्रमको  अबसरमा नेपाल मगर संघ गणतन्त्रले स्थगित गरेको  भाग्यशाली चिट्ठाको नतिजा पनि सार्बजानिक गरेको छ । उक्त चिठ्ठा को नतिजा यसप्रकार रहेको छ
प्रथम पुरस्कार- चिट्ठा नं- 000861(मिना थापा)
द्वितीय पुरस्कार – 000693(तामाङ संघ,कोरिया
तृतीय पुरस्कार – 000791(कृष गुल्मेली
सान्तवना पुरस्कार – 001014(प्रीन्सेस )
-0000196(शरण राई)
-000342(महेन्द्र मिस)
उपरोक्त चिठ्ठा पुरस्कार दाबी गर्नको लागि चिट्ठा खोलिएको मिति 2016/08/14 बाट 2 हप्ता भित्र नेपाल मगर संघको प्रतिनिधिको  साथै  र 010 7459 5804 र 010 4375,0593 मा  सम्पर्क गर्नु हुन मगर संघ कोरियाले अनुरोध गरेको छ ।
untitled1

foot

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...