Advertisement
SKIP THIS

कोरियाको विद्यार्थि समाज का (सोनसिक) अवसर र चुनौती


कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले कोरियाका विभिन्न विश्वविध्यालयमा अध्ययरत छरियर रहेका सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई एकबद्द गरि विद्यार्थीहरुको हकहितको लागि निरन्तर १३ वर्ष देखि कोरियामा सक्रिय विद्यार्थी संगठन हो। कोरियामा विधिगत रुपले दर्ता भएको एक मात्र विद्यार्थी संगठन भएकोले पनि राष्ट्रिय तथा अन्त-राष्ट्रिय रुपमा नै यसले सबैको बिश्वास जित्न सफल भएको छ।

सोनसिकको १३ औ अधिबेसन भर्खर सम्पन्न भएको छ। आरजना श्रेष्ठको नेतृत्वमा १३ सदस्य कार्य समिति गठन भएको छ।

सोनसिक कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको एक मात्र संगठन भएको र बिगतमा उल्लेखनिय कार्य हरु गर्दै आएकोले गर्दा पनि नयाँ आउने पधादिकारीहरु कस्तो हुनेछन भन्ने जिज्ञासाले यो १३ औ अधिबेसनले सबै नेपाली विद्यार्थीहरुको ध्यान तानेको थीयो। जुन कुरा अधिबेसनमा उत्साहजनक सहभागी सदस्यहरुको संख्याले नै प्रमाणित गर्दछ।

तिनै उत्साहजनक सहभागी सदश्यहरुले चयन गरेका पदाधिकारीहरुको लागि आगामी १ बर्षको कार्यकाल अबसर र चुनौती दुवै संगसगै रहेका छन्।

अबसर यो मानेमा रहेको छ कि कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरु बढ्दै गएको यो अवस्थामा सबै लाई समेटेर संगठनलाई ठुलो र मजबुत बनाएर धेरै विद्यार्थीहरुको हकहितको लागि काम गर्ने अवसर रहेको छ भने संगसगै विद्यार्थी संख्या बढ्नु सगै विद्यार्थीहरुका समस्याहरु पनि बड्ने हुदा ति समस्याहरुलाई कसरि समाधान गरि सहयोग गर्ने भन्ने चुनौती थपिएको छ।

कोरियामा नेपाली विद्यार्थीहरुका का विभिन्न समस्या रहेका छन् कतै शैक्षिक महँगो शुल्क समस्या ,   त कतै आवासको लागि चर्को मूल्य जम्मा गर्दाको समस्या, कतै भिजा समय बदाउदा चाहिने बैंक ब्यालेन्स को समस्या, कतै विश्वविध्यालय परिबर्तन गर्दा समस्या त कतै बिषय परिबर्तन गर्दा समस्या, त कहिले काहिँ भैपरी आउने आपतकालीन अबस्थामा आर्थिक समस्या, यस्ता यस्ता अनेक समस्याहरुलाई सोनसिकले अबका दिनहरुमा सुन्नु पर्ने हुन्छ र समाधान गर्नु पर्ने हुन्छ। कतिपय बिधार्थीका समस्याहरु सोनसिकको कार्य क्षेत्र भन्दा बाहिरका हुन सक्छन , त्यस्तो अबस्थामा  समाधानको लागि उचित परामर्स दिनु अती आबस्यक छ नकि आफ्नो क्षेत्र आधिकार भन्दा बाहिरको कुरा भनेर पन्छनु हुदैन।

कोरियामा अध्ययन गर्दा मात्र हैन कोरियामा अध्ययन गरेर  नेपाल गएका विद्यार्थीहरुका पनि आफ्ना समस्या छन् जस मध्ये मुख्य एक समस्या रहेको छ शैक्षिक प्रमाणपत्रलाई त्रिभुबन विश्वविध्यालयबाट सम्बन्धित विषय र तह अनुरुप प्रमाणीकरण गर्दा को समस्या। यस समस्या समाधनको लागि पनि सोनसिकले आगामी दिनमा पहल गर्नु पर्ने अती आबस्यक देखिन्छ।

कोरियामा अध्ययन गर्न चाहनेहरुलाई विभिन्न प्रलोभन देखाएर पैसा लुट्नेहरु दिनानु दिन बढ्दै गरेको र धेरै नेपाली विद्यार्थीहरु ठगीएको देखिन्छ। यसरि  नेपाली विद्यार्थीहरुलाई ठगीन बाट जोगाउन  कोरियामा अध्ययन गर्न चाहनेहरुको लागि के-कस्तो मापदंड आबस्यक छ र यहाको विश्वविध्यालयमा भर्नाको लागि कसरी प्रक्रिया अगि बडाउन सकिन्छ भन्ने सम्बन्धित कुरा स्पष्ट रुपमा सोनसिकले आफ्नो आधिकारिक वेबसाईट र अन्य माध्यमबाट जानकार गराउन सकेको खण्डमा धेरै जना विद्यार्थीहरु ठगीन बाट जोगिने थीए। यस्ता सूचना मुलक जानकारी आफ्नो आधिकारीक वेबसाईटमा राखेको खण्डमा धेरै जान लाभंवित हुने छन्।

आगामी दिनमा सोनसिक  १३ औ कार्यसमितिले आफ्नो  जिम्बेबारीलाई कसरी पुरा गर्छ ।  बिगत देखि नै सोनसिकले विभिन्न शैक्षिक, सांस्कृतिक , सामजिक र साहित्यक क्षेत्रमा गर्दै आएका कामहरुलाई  कसरी निरन्तरता दिन्छ,  यी बाहेक विद्यार्थीहरुको लागि नयाँ के कार्यक्रम ल्याउछ र ति कार्यक्रमहरुमा विद्यार्थीहरुको सहभागिता कसरी गराउछ भन्ने कुराहरुले नै अबका दिनमा सोनसिकको १३ औ कार्यसमितिको मुल्यांकन गरिनेछ।

सोन्सिकको नयाँ कार्यसमितिको आउदो अबको एक वर्षको आफ्नो कार्यकालमा उल्लेखनीय कार्य गरोस  र अहिले सम्मकै एतिहासिक सफलता प्राप्त गरोस भन्ने शुभकामना सहित नयाँ कार्य समिति लाई धेरै धेरै बधाई।

[email protected]

PhD Student

वोन्क्वङ् युनिवर्सिटी ,दक्षिण कोरिया

सोनसिक १२ औ  कार्यसमिति सदस्य

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...