Advertisement
SKIP THIS

कोरियामा प्रवासी मजदुरको आन्दोलनमा संस्थागत प्रतिनिधित्वको अनुरोध


फोनिज कोरिया संवाददाता
सउल

प्रवासी मजदुर संग (एमटियु) कोरियाका अध्यक्ष उदय राईले कोरियामा विद्यमान मजदुरको विभिन्न समस्याको समाधान गर्न नेपाली संघ संस्थालाई संस्गागतरुपमै प्रतिनिधित्व जनाइदिनुहुन आग्रह गरेका छन् । एमटियुले आइतबार आफ्नै हलमा गरेको अन्तरकृया कार्यक्रममा अध्यक्ष राईले सो आग्रह गरेका हुन् ।

कोरियामा रहेका विभिन्न संगठनको आ आफनै भूमिका भए पनि मजदुरको समस्याको नीतिगत समाधान गर्ने क्षेत्रअधिकार भित्र नपर्ने भएकाले एमटीयुको कार्यक्रममा संस्थागतरुपमा सहभागि भईदिनुहुन आग्रह गरिएको अध्यक्ष राईले प्रष्टाए । हामी विदेशी भएपनि यहाँका मजदुर भएकाले मजदुरको हक अधिकारको लागि सडक धर्नामा बस्न मिल्ने अध्यक्ष राईले प्रष्ट पारे ।

सरकारले हाम्रो समस्यालाई समस्याको रुपमा नलिने गरेकोले र दवाबको लागि संख्याको महत्व हुने भएकाले पनि हामी सडकमा धर्ना बस्न बाध्य भएको उनले थपे । यहाँ कामदारहरुले स्वतन्त्ररुपमा कम्पनी परिर्वतन गर्न पाउने प्रावधान भए ८० देखि ९० प्रतिशत समस्या समाधान  हुने उनले बताए ।

कार्यक्रममा कोरियन प्रजातान्त्रिक मजदुर संगठन (केसीटीयु)का विदेशी विभाग प्रमुख रिय मि क्योइ०ले इपिएस  र कतारको कपला ( मजदुरले पासपोर्ट साहुलाई बुझाउने ) प्रणालीमा फरक नभएको भन्दै इपिएस सुधारको लागि अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)मा कुरा राखेको बताए । इपिएसका खराब पक्षका सुधारको लागि नेपालमा पनि यस्तै कार्यक्रम गरी मिडिया मार्फत सरकारलाई दवाद दिन सहभागीहरुले सुझाव दिएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...