Advertisement
SKIP THIS

ईपीएस भाषा परीक्षा असोज २ र ३ मा परीक्षाफल कार्तिकमा आउने


देवेन्द्र सम्बाहाम्फे

सोल– रोजगार अनुमती प्रणाली (ईपीएस) अन्तर्गत छैटौं कोरियाली भाषा परीक्षा असोज पहिलो हप्ता हुने निश्चित भएको छ । सोमबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा वसेको निर्देशक समितिको वैठकले निर्णय गरे अनुसार असोज २ र ३ गते गते परीक्षा संचालन हुने भएको हो ।
वैशाख १२ गतेको महाविनाशकारी भुकम्प र त्यसपछिको शक्तिशाली पराकम्पनहरुका कारण पूर्व निर्धारण गरिएको जेष्ठ ३० र ३१ गते छैठौं कोरियन भाषा परीक्षा संचालन गर्न असहज भएपछि एचआरडी कोरियासंग भएको समझदारी वमोजिम असोजमा सारिएको हो ।

ईपीएस परीक्षा यसअघि काठमाडौंमा मात्र परिक्षा संचालन हुँदै आएकोमा यो बर्षदेखी काठमाण्डौं र पोखरासहित दुई केन्द्रबाट संचालन हुने ईपीएस शाखा नेपालले जनाएको छ । उपत्यका बाहिर परीक्षा संचालन हुनलागेको यो पहिलो पटक हो । परीक्षाफल कातिर्कमहिनामा प्रकाशित हुने ईपीएस शाखा नेपालका निर्देशक डिल्लीराम बस्तोलाले बताए ।

एचआरडी कोरियासंग परामर्श गरेर दुई हप्ताभित्र परीक्षाको बिस्तृत बिबरण सार्बजनिक गरिने बास्तोलाले कान्तिपुरलाई बताए । बिस्तृत बिबरणमा परीक्षा केन्द्र , स्कील टेस्ट, जब एप्लिकेसन, मेडिकल टेस्टका मिति तोकिने छन् । परीक्षाको कोर्समा कुनै परिवर्तन नभएको पनि बास्तोलाले जनाए ।
छैटौं भाषा परीक्षाका लागि गत २०७२ बैशाख ३ देखि ६ गतेसम्म आवेदन संकलन गरिएको थियो । काठमाडौं उपत्यकाभित्र पाँच स्थान र उपत्यका बाहिर पाँच क्षेत्रबाट ५१ हजार ३ सय जनाले आवेदन फारम भरेका थिए ।

कोरियाको साना तथा मझौला उद्योगहरुमा अदक्ष कामदारको रुपमा २०१६ को कोटाबाट भित्र्याउने गरि लिन लागिएको यो बर्षको परीक्षाबाट उत्पादनमुलक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ २ हजार २ सय गरि ७ हजार १ सय अनुमानित उतीर्ण सङख्या एचआरडी कोरियाले तोकेको छ ।
कोरियाले औद्योगीक उत्पादन, कृषि , मत्स्य,कन्स्ट्रक्सन र सेवा क्षेत्रमा आवश्यक पर्ने अदक्ष कामदार नेपालसहित १५ मुलुकबाट आपूति र्गर्दै आएको छ । नेपाली कामदार भने औद्योगीक उत्पादन र कृषि क्षेत्रमा मात्र आउने गरेका छन् ।

नेपाल र कोरियाबिच सन् २००७ को जुलाई २३ मा यस सम्बन्धी एमओयूमा हस्ताक्षर भएपछि नेपाली युवा कोरिया आउन सुरु गरेका हुन् । थोरै लागतमा मासिक १ लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले कोरिया नेपाली युवाहरुको आकर्षक बैदेशिक रोजगार गन्तब्य बनेको छ । हाल २८ हजार नेपाली युवा यहां कार्यरत छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...