पहाडकी परीको ब्याकअप प्रेमी


कथा
घरकी एक्ली छोरी । उनको परिवार लिवाङको  हुनेखाने मै गनिन्छ । बाउ भारतीय सैनिकको पेन्शन पकाएर बसेका । देश दुनिया चाहरेका । छोरीलाई पढाउनु पर्छ भन्ने सुझबुझ भएका । त्यहिभएर लप्टन ताराबिर चेमजोङले आफ्नी छोरी मनमायालाई ताप्लेजुङबाट धरान स्थित फूपुकहाँ पढ्न पठाएको थियो ।

मनमायाकी फूपु र मेरो ममी मिल्ने साथी भएकाले उनको फूपुलाई म आन्टी भन्थे । हाम्रो परिवार र उनको फूपुको परिवार बिच सबैसगँ राम्रै हिमचिम थियो । म उनको फूपुको घर प्रायः गईरहन्थे । पुसको कठ्याङ्ग्रीदो जाडोमा एकदिन एकाबिहानै आन्टीले फोन गरेर बोलाउनु भयो। मनमायालाई पहिलो चोटी यसै दिन देखेको थिए । आन्टीले चिनाजान गराईदिनु भयो । उनैको कामको लागि डाक्नु भएको रहेछ( महेन्द्र बहुमुखि क्याम्पस गएर बिबिएस भर्ना गरिदिनलाई ।

होची, होची परेकी । रातो गाला, थेप्चो नाक,  नाकको देब्रेपटी कोठी भएको । सानो(न(सानो आखाँ, घुम्रिएको हल्का कैलो कपाल, सामन्य भन्दा अलिक ठुलो वक्षस्थल, फिक्का पहेलोँ ज्याकटमा मनमायालाई पहिलो चोटी देख्दा लाग्थ्यो हिमालको परी समथर भुमि पहिलो खेप टेकेकी छे ।
सोझी थिई । अनुहारको आभाबाट पनि सोझी नै देखिन्थी । लगाई खुवाई सबै सामन्य । पूर्वीय पहाडको लवजमा बोल्थी, पुरै गाउँले पारामा । लजाउँथी पनि र डराउँथी पनि । एकमुष्ट भन्नुपर्दा धरानको आधुनिकतामा सुहाएकी थिईनन्, मनमाया । यही कारण सुरुका दिनहरुमा उनको समिप्यतामा मलाई खासै चाख लागेन ।

धरानमा नयाँ थिई । उनको केही काम पर्दा नर्बदा आन्टीले मलाई नै भन्नुहुन्थियो  । त्यहिभएर मन नलागि नलागि साताको एक दुई चोटी भेट भइरहन्थ्यो  । क्रमिक भेट सगैँ र अनेकौ कामले गर्दा भएको भेटघाटले उनलाई म सगँ विस्तारै सजिलो भइरहेको थियो । साथसाथै मलाई भेट्दा पहिला पहिला देखिने लज्जाभाव पनि विलाईरहेको थियो ।

घोपा जाने क्रममा एकदिन उनले खुल्दै भनि, ‘ सात महिना भएछ, तपाई सगँ भेट भएको । मेरो जीवनको सबैभन्दा बढी सगंत गरेको साथी तपाई नै हो सौरभ।’ हुदाँहुदाँ कहिले काहीँ काम बेगर पनि भेट्न खोज्थी।
मैले केटीहरुको सगंत धेरै गरेको थिईन । र मेरो केटी साथीहरु पनि फालाफाल थिएन । भिमे, दले र बखतेहरु सगँ सेउतीको डिलमा बसेर चुरोटको धुवा उडाउनु मै मस्ती थियो केटीहरुको गनगने सगंत भन्दा ।
समयको बहाव सगैँ ऊ मिसिदै थिई  धरानको लाइफ स्टाईलमा । क्याम्पसको प्रभावले पनि ऊ टाठो भइरहेकी थी । उनको पहाडे सरल स्वभाव धरानको गर्मीहरुमा सुकीरहेको थियो भने आधुनिकताको टुसा उनमा जुरमुराइरहेको थियो । अनाकर्षक मनमाया चेन्ज हुदै गई ।
नचाहदाँ नचाहदैँ मनमाया सगँको भेटहरु बाक्लो हुदै गयो । दिनहुँ भेट्न थालिम । मेरा साथी बखतेहरु पनि जिल्ल परिरहेका थिए ।अझ सेउतीको डिलमा उनिहरु सगँ बसेर ओठमा चुरोट नचेपेको त धेरै भइसकेको रहेछ । सेउतीको सिरेटोमा भन्दा पनि मनमाया सगँ कहिले देखी विजयपुर डाडामा रम्न थालेछु, त्यसको अत्तो नै पाइन।

अघोषित रुपमै ऊ सगँ जम्न थाले । रम्न थाले । केयरिङ र सेयरिङ हुन थाल्यो । सधैँ ऊ भेट्न बोलाउँथी । पछि पछि त आफैँ ऊनलाई भेट्न बोलाउन थाले । आन्टी पनि मनमायाले म सगँ घुलमिल भएको राम्रै मान्नु हुन्थ्यो । त्यहिभएर जतिखेर पनि जहाँ पनि पुग्न थालिम हामी ।
एक अर्काले प्रेम प्रस्ताव नै नराखी हामी प्रेममा परेछौँ । यो कुरोको महशुस म कोरिया जाने लगभग पक्का भएपछि थाहा भयो । सबै कोरिया जाने भनेपछि मरिहत्ते गर्छन् । म चाहिँ भिषा लागेर पनि खुशी हुन सकेको थिईन  । खुशी नहुनुको  एउटै कारण मनमाया थिई । खोई किन हो, उनलाई छाडेर पैशा फल्ने देशमा जाने प्रवेशाज्ञा पाउँदा पनि मन नियास्रो नै भइरहेको थियो ।
छोटो समयमा नै हामीले हाम्रो प्रेमलाई घना बनाइसकेका थियौँ । हामीबिच रहेका सबै खाली कापहरु मायाको मैनले पुरिदिएका थियौँ । नोटको दुई पत्राहरु टासिए झैँ लपक्कै टासिएर एक भएको अनुभुति दिन्थ्यौँ, एकले अर्कालाई । यस्तो अवस्थामा कम्ता गाह्रो भएन, मनमायलाई कोरियाको लागि कन्भिन्स गर्न ।

हाम्रो सम्बन्ध नर्बदा आन्टीले पनि चाल पाइसक्नु भएको थियो । उहाँले हामीलाई राम्रै मान्नु हुन्थ्यो । ‘सौरभ बिहे गरेर जाउ । मनमायाको घरमा म कुरा मिलाउँछु’ पनि भन्नु हुन्थ्यो ।
तर बिहे तत्काल सम्भव  थिएन । सबै बन्दोबस्त मिलाउन पर्याप्त समय पनि थिएन । फेरी मनमाया दोस्रो वर्षमा त बल्ल पुगेकी थिई । अध्ययन सकिन बाकी नै थियो । अर्कोतर्फ  अहिले नै बिहे गर्दा उनको बाबाको सपनामा पनि धक्का लाग्न सक्थ्यो । लप्टनसाप उसै पनि मख्ख थियो, छोरी राम्ररी  पढ्दै छे भनेर । यावत तगारोले गर्दा बिहेकै गाठो लाउन अलिक अनुकुल थिएन हामीलाई ।

मनमाया सगँ थुप्रै कसमहरु खाएर, वाचा बन्धन गरेर, सुरक्षित भविष्यका लागि भारी मन बोकेर कोरिया आए । कोरिया आएपछि काम बाहेकका समय उनैसगँ भाइबरमा कट्थ्यो । केही समय त निकै तड्पिए । तर कामको चटारोले बिस्तारै उ सगँको बिछोडको घाउ पुरिदै गयो ।
हेर्दाहेर्दै आधा वर्ष बितेछ, कोरिया आएको । यतिन्जेल म सगँ अलिअलि पैसा पनि जम्मा भईसकेको थियो । एउटा साथि छुट्टीमा नेपाल जाने बेला मनमायालाई राम्रो मोबाईल किनेर पहिलो उपहार स्वरुप पठाइदिएको थिए । उ खुशिले फुरुङग भई । त्यसपछि त झन हामी भिडियो कलमा झुमिन्न थालिम ।

च्याटका कुराकानीबाट म मख्ख हुन्थे । मनमाया मेरै लागि जन्मेकी जस्तो लाग्थ्यो । कहिलेकाही ूनन्(भेजू कुराहरु पनि हुन्थ्यो । काउकुती लाग्थ्यो मलाई । भिडियो कलहरुमा चुम्बनका वर्षातहरुले म घायल हुन्थे ।पुरै समर्पणको भावमा मनमाया म सगँ लिप्त थिई ।
हामी बुढासुब्बालाई साक्षी रख्थ्यौँ । भिडियो कलहरु मै बिहे गरेको कल्पना गरथ्यौँ । दुलही बनाउथेँ उनलाई । मेरो मन त्यसै फुरुङग हुन्थ्यो । टाढा भएर पनि उनको साथ पाइराख्दा, कोरियन भोटेहरुको पेलाई सहने उर्जा पाउँथे ।
हरेक कुरा उनको पुरा गरिदिईरहेको थिए । कोरियाबाटै उनको मोबाईलमा निरन्तर रिचार्ज गरिदिन्थे । हुन्डीबाट थुप्रै चोटी पैसाहरु पनि पठाईदिन्थे उनको नाममा । म सोच्थेँ भविष्यमा जीवन साथ निभाउने साथी थिई ऊ मेरी । त्यहीभएर म उनको हरेक समस्या मेरो पनि समस्या हो भनेर बुज्थेँ । घरबाट फूपुकहाँ बसेकी । जसकारण पक्कै पनि उनलाई खर्चको समस्या त परेको हुन्थ्यो । सकेसम्म उनको सबै दुख हरण गर्न खोज्थेँ ।

उनको पढाई पनि सकिने क्रममा थियो । डिग्री दोस्रो वर्ष पुगिसकेकी थिई । म कोरिया आएको पनि तीन वर्ष पुग्नै लागेको थियो । बिदा मिलाएर छिटै नेपाल गएर मनमायालाई सधैँका लागि आफ्नो बनाउने योजनामा थिए ।
तर सोचे जस्तो कहाँ हुदो रहेछ जीन्दगी । एकदिन ऊ सगँको च्याटमा मेरो सबै योजना बिथोलिन लागेको महशुस गरे । ‘अब छिटै नेपाल आउदैछु। तिम्रा पर्खेर बस्ने दिनहरु गए मनमाया’ भन्दा ऊ उत्साहित हुनु पर्ने । तर म छक्क परेँ । भिडियो कलमा उनको अनुहारमा मैले कुनै खुशीको भाव नै देखिन ।

उल्टै मेरो कुरा टार्न खोजी ।‘मेरो पढाई बाकी नै छ । जाँच आउन लागेको छ । यो वर्ष त नआउनु’ भन्न थाली । खुशी हुन्छे होला भनेको त ऊ दुखी पो भई ।
त्यसपछि कुराहरु हुने क्रम पातलिदै गयो । हुदाँहुदाँ फोन नै स्विचअफ गरेर राख्न थाली । म्यासेजहरु पठाउन पनि छाडी । भाइबरमा आउन पनि बन्द गरी । फेसबुक अपडेट गर्न नी छाडी ।
म तड्पिन थाले । गहिरो इनारमा खसे झैँ निसासिए ।मनमा विकारहरु थिग्रिन थाल्यो ।उथलपुथल र सकांहरुको भुईचालो नै आयो । कुराहरुको गहिरो समुन्द्र नै बन्यो ।सन्देहको टाइफुनले उर्जा नै सबै नष्ट गरिदियो ।
केही गरी पनि ऊ सगँ कन्टेक्ट गर्न सकिन। नर्बदा आन्टीलाई सम्पर्क गर्न खोजेँ । उहाँ पनि सोलु जानु भएको रहेछ । अन्तमा मनमाया कै साथी अनुपमा जो इपिएसबाटै कोरिया आएकी थिई उनैलाई सहयोग गर्न अनुरोध गरे । अनुपमाले पनि मनमायालाई सिधैँ सम्पर्क गर्न सकिन । तर धरान मै रहेको मनमायाको एकजना मिल्ने साथीलाई फोन गरेर सबैकुरा बुझ्नलाई मद्दत गरी ।

अफसोच् मेरो जीन्दगी । सबैकुरा बुझ्दा म त मनमायाको लागि केवल ‘ब्याकअप प्रेमी’ रहेछु । ब्रिटिश आर्मीमा कार्यरत एकजना केटा सगँ उनको बिहेको कुरा चलिरहेको रहेछ ।
‘सौरभ त केवल पकेट मनि जुटाउने ब्याकअप प्रेमी हो । कहाँ ब्रिटिश आर्मी, कहाँ कोरियाको लेवर । कम्पेयर गर्नै मिल्दैन । लेवर सगँ पनि कसैले जीन्दगी बिताउन सक्छ र’ भन्थी रे मनमायाले आफ्नो साथीहरु सगँ ।
यथार्थ बुझिसक्दा रिसले चुरचुर भइसकेको थिए । कम्पनीको ड्युटी पछि रातभरि सोजुमा डुब्न थाले । चुरोटको संख्या पनि ह्वातै बढ्न थालेको थियो । म मर्न पनि सक्दिन थिए । सुसाइड गरेर कोरियामा अर्को आत्माहत्याको समाचार बन्न पनि चाहन्न थिए । फेरी घरको एक्ली आमालाई विचल्ली बनाएर संसार त्याग्ने कुरा पनि आउँदैन थियो । बुवाको मृत्यु पछि आमालाई आजीवन मेरो आवश्यक्ता थियो ।

म डिप्रेशन तिर पनि जान चाहिन । मृत्युको बाटो पनि पहिल्याउन खोजिन । बरु कोरियन लेवरू को ट्यागलाई शक्तिको रुपमा लिएर मनमायाको हुनेवाला ब्रिटिश लोग्ने भन्दा धेरै प्रगति गर्ने इख र अठोट पलायो ।
हिजोआज मनमा केही तुष नभए पनि मनमाया कहिलेकाही मनमा आइरहन्छे । उनको अवोध अनुहार, धरान पहिलो छोटी आउँदाको सोझोपन्, र उनको गाउँले लवज अझै पनि झल्झली याद आउँछ । उनले कहिले रङ फेरी, कहिले मन फेरी त्यो कुरो मैले कहिल्यै ठम्याउन सकिन । समयले ताप्लेजुङ्की मनमायालाई कहिले धरानको ‘मोनिका’बनाएछ त्यसको हेक्का नै पाइन मैले ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...