आन्सानबाट भूकम्प पीडितलाई आर्थिक सहयोग
मिङमार लामा
सोल – नेपालमा गएको महा -भूकम्पले घर ,परिवार र आफन्त गुमाएका पिडितहरुको लागि आन्सानमा भएका नेपाली र आन्सान माईग्रेन्ट सेन्टरले संयुक्त रुपमा संकलन गरेको ४ करोड ६८ लाख २१००० हजार कोरियन वन आज आन्सान नगरपालिका नगर प्रमुखले कोरियाका लागि नेपाली महामहिम राजदुत कमान सिंह लामालाई हस्तन्तारण गरेका थिए |
मार्च २ गते आन्सानमा रहेका नेपालीहरुले भूकम्पमा परि मृत्यु भएकाहरुलाई श्राद्धञलि दिन र घाइतेहरुको सिघ्रास्वस्थ लाभको कामनाको लागि दिप प्रज्वलन गरि राहत सकलन सुरु गरिएको थियो | उक्त अभियानलाई आन्सान माईग्रेन्ट सेन्टर र विभिन्न संस्थाले पनि साथ दिएका थिए |