सोनसिकको १३ औं साधारणसभा बुसानमा हुने


बुसान, नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक) को १३ औं बार्षिक साधारण सभा बुसानको पुसान नेश्नल युनिभर्ससिटिको ओ आइल्याण्ड रिसोर्टमा हुने भएको छ । सोनसिकको अघिल्लो बैठकले उक्त कार्यक्रमको निणर्य गरेको हो । अगष्ट १३ र १४ तारिखका दिनको २ बजेबाट सुरु हुने साधारण सभामा कोरियामा रहेका नेपाली विद्यार्थीहरुको व्यापक रुपमा सहभागिता जनाउने आयोजक सोनसिकका सचिव प्रभात पाठकले जनाएका छन् ।
कोरियाको गर्मी समयमा एकपटक जोकोहि पनि बुसान शहरको समुद्र तथा विभिन्न रमणिय स्थलहरुमा घुम्न जाने कार्यक्रम हुन्छ त्यसैले यसपटकको १३ औं वार्षिक साधारण सभा पनि बुसानमै गर्ने निर्णय गरेका हौं, सचिव पाठकले भने ।
उनका अनुसार साधारण सभालाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि उपेन्द्रमणि तुलाधरको संयोजकत्वमा स्थानिय आयोजक समिति गठन गरेको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुको व्यापक सहभागिताका साथै औपचारिक कार्यक्रममा नेपाली राजदूतावासको प्रतिनिधिका साथै विदेशी कुटनितिक नियोजका प्रतिनिधि पनि सहभागिता हुने भएका छन् ।
गत महिना जुन २६ तारिखका दिन नेपाली विद्यार्थी समाजले गरेको नेपाल डे २०१६ को कार्यक्रममा पहिलो पटक विदेशी कुटनीतिक नियोगका प्रतिनिधिले पनि भाग लिएको हुँदा यसपालीको साधारण सभामा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलाई पनि विशेष पाहुनाको रुपमा आमन्त्रित गर्ने  तयारी रहेको विद्यार्थी समाजकी सभापति इन्दिरा तिवारीले बताइन् ।
साथै उक्त कार्यक्रममा कोरियाका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, कोरियामा विभिन्न क्षेत्रमा कार्यरत नेपाली प्राज्ञिक ब्यक्तित्वहरु, गैरआवाशीय नेपालीका प्रतिनिधि, नेपाली सम्पर्क समितिका प्रतिनिधि, पत्रकार, ब्यापारी एवं समाजसेवीहरुको सहभागिता हुने भएको छ ।
पुसान नेश्नल युनिर्भसिटि बुसानमा अध्ययनरत इन्दिरा तिवारीले गतवर्षबाट विद्यार्थी समाजको नेतृत्व गर्दै आएकी छिन् । उनले एकवर्षको छोटो कार्यकालमा कोरियाको विभिन्न ठाउँमा सोनसिकको कार्यक्रमहरु सफलतापूर्वक गर्दै आएकी छिन् ।
बुसानमा हुन लागेको साधारण सभा कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न हुने विश्वासका साथ सोनसिकले उक्त कार्यक्रम सहज रुपमा व्यवस्थापन गर्नको लागि सहभागी हुनको लागि सम्पूर्ण विद्यार्थीहरुले तल दिइएको सोनसिकको होमपेजमा गइ अनलाइन रजिष्ट्रेसन अनिवार्य गरि नाम र तोकेको दस्तुर शुल्कसहित समयमै दर्ता गरी व्यवस्थापन गर्नको लागि सहयोग गरिदिन आयोजकले अनुरोध गरेको छ ।
https://www.docs.google.com/forms/d/e/1FAIpQLSdHTJFiq_Jdi5siJIon9-VeKqU-hxGmjW1BI93D0zE7WqIlRA/viewform

कार्यक्रम: सोनसिक १३औ साधारण सभा
मिति: २०१६/०८/१३-१४
समय: २०१६/०८/१३ शनिबार दिनको २:०० बजेबाट शुरु
स्थान: Pusan National University, Busan/Oh My Land Resort, Busan
आयोजक: नेपाली बिद्यार्थी समाज, दक्षिण कोरिया
सम्पर्क: इन्दिरा तिवारी – SONSIK सभापति ०१०४९६४२३६४
उपेन्द्र मणि तुलाधर – SONSIK स्थानीय संयोजक ०१०३००९६८६१
प्रभात पाठक – SONSIK सचिब ०१०२१६४६८५८

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...