कोरियाका सर्जक नारायणका लोकदोहोरी एलबम सान्नानी सार्वजनिक
फोनिज कोरिया संवादाता
सउल
हाल दक्षिण कोरियामा वैदेशिक रोजगारीमा रहेका नारायण न्यूपानेको लेखन तथा संगीत रहेको लोक दोहोरी एल्बम सान्नानी मंगलबार युटूबबाट सार्वजनिक भएको छ । न्यूपानेकै प्रस्तुती रहेको एल्बममा देवी घर्ती र रामजी खाँडको स्वर रहेको छ ।
म्यूजिक नेपालबाट निकालिएको एल्बम सान्नानीको म्यूजिक भिडियोको छायाकन कोरिया र नेपालमा गरिएको छ । अभिनयमा रश्मी तामाइ० र प्रकाश भूषाल रहेका छन् ।
गुल्मीमा जन्मेका न्यूपानेले यस एल्बममा परम्परागत लोक दोहोरीलाई आधुनिक पप मिक्स गरी युनिक बनाउन खोजिएको बताए । नेपालमा गीत लेखन र गायनमा जिल्लास्तरसम्म पुगेका न्यूपानेको यो एल्बम पहिलो प्रस्तुती हो ।