Advertisement
SKIP THIS

कोरियामा उपचार्थ धर्म रानालाई आर्थिक सहयोग ।


धन गुरुङ , सोल ।

विगत केही समयदेखी अस्वस्थ भएर कोरियामा उपचाररत स्याङ्जा मनकामनाका धर्म रानालाई स्याङ्जा भिरकोट आर्थर तमु समाजले आर्थिक सहयोग प्रदान गरेको छ । आज दोङ्देमुनमा एक कार्यक्रमको आयोजना गरि ६,६६,००० वन  सहयोग हस्तान्तरण गरेको हो ।

समाजका अध्यक्ष नर कुमार गुरुङ, सल्लाहकार अमन गुरुङ, स्याङ्जा परिवारका कोषाध्यक्ष टेक राना उपस्थितिमा रकम बिरामी रानालाई प्रदान गरिएको थियो । “आज मलाई यो घडीमा आफ्नो भिरकोट आर्थरको दाजुभाई दिदिबहिनीहरुले गरेको सहयोगप्रती धेरै धन्यवाद दिन चाहान्छु तपाईहरुको गुण सधै सम्झिने रहनेछु ” सहयोग प्राप्तपछि बिरामी रानाले भने ।
सहयोग प्रदान गर्दै समाजका अध्यक्ष नरकुमार गुरुङले धर्म रानाको अस्वस्थले निकै दुखित भएको र सानो रकम भए नि सहयोग प्रदान गरेको बताउनु भयो ।

राना विगत ५/६ महिनादेखी कोरियाको एक अस्पतालमा उपचाररत थियो । उहाँ स्वास्थ्यमा सुधार आएपछी अघिल्लो हप्ता मात्र अस्पतालबाट डिस्चार्ज हुनुभएको थियो । धर्म राना कोरियामा समाजसेवीका रुपमा चिनिदै आएको नाम हो ।  कोरियामा हुने प्रत्येक कार्यक्रमहरुमा उहाँको सहयोग र उपस्थिति प्रायः अनिवार्य हुने गर्दछ । स्याङ्जा भिरकोट आर्थर तमु समाजले कोरियामा विभिन्न समस्यामा परेका भिरकोट आर्थर वरिपरिलगायत जिल्लाबासीलाई सहयोग प्रदान गर्दैआइरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा समाजका कोषाध्यक्ष देवेन्द्र गुरुङ , सदस्यहरु इन्द्र गुरुङ , शान्त गुरुङ , पुर्ण गुरुङ, कुमार गुरुङ र जमान गुरुङको पनि उपस्थिति रहेको थियो । स्याङ्जा भिरकोट आर्थर तमु समाज उहाँको शिघ्र स्वास्थ्यको लाभको कामना गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...