Advertisement
SKIP THIS

भिरकोट आर्थर तमु समाज कोरियाको समर क्याम्प पिकनिक सम्पन्न


धन गुरुङ , सोल ।

स्याङ्जा भिरकोट आर्थर तमु समाज दक्षिण कोरियाले समर क्याम्प पिकनिक भब्य रुपमा सम्पन्न गरेको छ । कोरियामा गर्मी बढेसंगै पिकनिकको लहरको बिचमा उक्त समाजले पिकनिक आयोजना गरिएको थियो ।

संस्थाका अध्यक्ष नर कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावास दक्षिण कोरियाका सहचारी रमेश गैरे रहनुभएको थियो भने अतिथिहरुमा संस्थाकै सल्लाहकारहरु अमन गुरुङ, सतिश गुरुङ , बिपना गुरुङ र समाजसेवी युवराज गुरुङ रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै सहचारी गैरेले कोरियामा सम्पुर्ण नेपाली संघसंस्थाहरु सामाजिक अभियन्ताको रुपमा अगाडी आउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रवासी भुमीमा रहेर पनि स्याङ्जा भिरकोट आर्थर तमु समाजले सम्पुर्ण नेपालीहरुमा भाइचारा बढ्ने काम गरेको भन्दै नेपालीहरुलाई जोड्ने पुलको माध्यम बनाउन यस्ता खाले कार्यक्रमहरु आयोजना गरिरहनुपर्ने बताउनुभयो । सोही अवसरमा समाजका नवआगन्तुक सदस्यहरु टक गुरुङ, भौसरी गुरुङ र हरि माया गुरुङलाई स्वागत गरेको थियो ।

समर क्याम्प पिकनिकमा जाऔँ, आपसी भाइचारा अभिवृद्धि गर्दै प्रवासी थकित मन पिकनिकसंगै रमाऔँ भन्ने उदेश्यका साथ गत शनिबार र आइतबार सो पिकनिक आयोजना गरिएको थियो । दोङ्देमुनबाट राती १० बजे छुटेको बस करिव ३ घन्टाको यात्रापछि कोरियाको पुर्वी तटीय खोङ्वान्दोको सोक्चोमा पुगेको थियो। नेपाली परिकारसंगै कोरियन खानाको स्वादमा उपस्थितहरुले रमाइलो गरेका थिए । बाक्लो उपस्थिति रहेको सो कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष सन माया गुरुङ र संचालन सचिव धन गुरुङले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...