Advertisement
SKIP THIS

डा. केसीको समर्थनमा उत्रे कोरियाका नेपाली बिद्यार्थीहरु


सोल – कोरियामा अध्यनरत नेपाली विधार्थीहरुले डा. गोविन्द के.सी. को अनसनमा पुर्न रूपमा समर्थन जनाएका छन । कोरियाका बिभिन्न विश्वविध्यालयमा अध्यनरत नेपाली विधार्थीहरुहरुले एक भिडियो सन्देश मार्फत स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा देखिएको बिकृति तथा भ्रस्टचार बिरुद्धको डा. के.सी.को अनसनमा पूर्ण रुपमा ऐक्यवद्धता रहेको जनाएका छन् ।
एक ठाउमा जम्मा भएर प्रदर्शन र नारा लगाएर समर्थन गर्नुको साटो भिन्न तरिकाले कोरियामा छरियर रहेका नेपाली विधार्थीहरुले आफ्नो परिचय खुल्ने गरि सबै जनाले आ-आफ्नै प्रयोगशालामानै भिडियो खिचेर, भिडियो संदेश मार्फत डा. के.सी.को अनसनमा समर्थन जनाएका छन् । भिडियोमा सहभागिहरुले आफ्नो समर्थन डा. के.सी. लाई किन र के को लागि भन्ने स्पस्ट पारेका छन् । प्रदर्शन र नारा लगाएर मात्र हैन कि आज-भोलि को यो इन्टरनेटको युगमा प्रविधि र सामाजिक संजालको प्रयोग गरेर पनि जुन सुकै ठाउबाट पनि समर्थन गर्न सकिन्छ भन्ने संन्देश दिन पनि यो भिडियो बनाएको यस कार्यका अभियन्ता रमेश परियारले बताउनु भयो ।
देश बाहिर रहेका साथै बिभिद कारणले एक ठाउमा भेला हुन नसक्नेले पनि भिडियो मार्फत एकबद्द भएर सामुहिकरुपमा आवाज उठाउन सकिन यो नयाँ शैली भएको हुदा विदेशमा छरियर रहेका नेपालीहरुलाई डा. के.सी.को अनसनमा ऐक्यवद्धता जनाउन यो उत्तम बिधि हुने परियारले बताउनुभयो। कोरियामा अध्यनरत नेपाली बिधार्थीहरुले देशको प्रमुख सामाजिक तथा राजनीतक मुद्दाहरुमा विभिन्न मध्यमबाट आफ्नो विचार राख्दै आएका छन् ।
३ करोड नेपाली जानता संग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य क्षेत्रलाई सुन्दर बनाउन आफ्नो माग राखेर अनसनमा रहेका डा. के.सी.को सम्पुर्न मागहरु छिटो भन्दा छिटो सरकारले पुरा गरोस् र डा. के.सी.को जीवन रक्षा गरियोस् भन्ने हाम्रो आवाज सरकार सम्म पुराउने उद्देश्यले यो अभियान थालीएको र यस अभियान कोरियामा रहेका १५ भन्दा धेरै विश्वविध्यालयमा अध्यनरत नेपाली बिधार्थीहरु स्वतस्फुर्त रुपमा सहभागी भएको रमेश परियारले जानकारी दिनु भयो । भिडियो सन्देशलाई सामाजिक संजाल फेसबुक तथा युतुबमा राखिएको छ । अहिले सम्म यो भिडियोलाई धेरै सामाजिक संजालका पेजहरुले पोस्ट गर्नुका साथै सीयर गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...