एक वर्षमा काम खोज्दै ४ लाख युवा बाहिरिए


रवीन्द्र घिमिरे

८ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट कामका लागि विदेश जानेको अघिल्लो वर्षको भन्दा १८ प्रतिशतले घटेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बितको आर्थिक वर्ष २०७२र७३मा ४ लाख १८ हजार ७ सय १३ जना युवा वैधानिक रुपमा श्रम इजाजत लिएर कामको खोजीमा बाहिरिएका छन् ।

आर्थिक वर्ष २०७१र७२ मा यो संख्या ५ लाख १२ हजार ८ सय ८७ जना युवा विदेश गएका थिए । गतवर्ष सबैभन्दा धेरै भदौमा ४० हजार २ सय युवा बाहरिएका थिए भने कात्तिकमा सबैभन्दा कम २३ हजार मात्रै विदेशिएका थिए ।

गतवर्षको साउनदेखि असार मसान्तसम्म ११ हजार ४ सय ११ कामदारले ब्यक्तिगत श्रम स्वीकृति लिएका थिए भने बाँकी कामदारले म्यानपावहररुमार्फत इजाजत पाएका थिए । यस अवधिमा ३ लाख ९९ हजार पुरुष कामदार बाहिरिएका हुन् भने महिलको संख्या १९ हजार ३ सय रहेको विभागको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष विदेश जाने युवा घट्नुमा विभिन्न कारणहरु मानिएका छन् । समग्रमा वैदेशिक रोजगारीका लागि ०७२ साल सुस्ताएको वर्ष बनेको छ । यो वर्ष श्रम बेच्न विदेशिनेहरुको संख्यामा झण्डै ९४ हजारले गिरावट आएको छ । युवाहरु विदेशिने प्रवाहमा यसरी कमी आउनु राम्रो हो कि नराम्रो रु यो बहसको विषय हुनसक्छ ।

तर, यसले रेमिट्यान्सको आप्रवाहमा भने पक्कापनि प्रभाव पार्नेछ । यसैवर्ष पनि रेमिट्यान्सको वृद्धिदर घटेकाले वैदेशिक रोजगारीमा जानेहरुको संख्या घट्दा अर्थतन्त्रमा नकारात्मक असर पर्नसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् ।

किन घट्दैछ संख्या ?
गत वैशाखमा गएको भूकम्प र देशमा नाकाबन्दीलगायत उत्पन्न विशेष परिस्थितिका कारण विदेश जानको संख्यामा कमी अएको सरकारको अनुमान छ ।

त्यस्तै अघिल्लो वर्षसम्म नपालीको प्रमुख गन्तब्य रहेको मलेसियामा आर्थिक मन्दी लागेकाले संख्या घट्नु स्वभाविक भएको सरकारी अधिकारीहरुको विश्लेषण छ ।

‘हामीले तथ्यपरक विश्लेशण गरेका छैनौं । तर, विदेशिनेको संख्या घट्नुमा केही कारणहरु पहिल्याएका छौं,’वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले भने(‘मुख्य रुपमा फ्री भिसा कार्यान्वयन भएपछि नेपाली कामदारलाई जस्तो पनि काममा पठाउने क्रम कम हुँदा प्रभाव परेको हो ।’ उनले अहिले विदेशमा एजेन्टहरुबाट जथाभावी डिमान्ड ल्याउने क्रम घटेको सुनाए ।

म्यानपवर व्यवसायी अन्य कुनै कारणले विदेशमा काम गर्न जानेको संख्या घटेको मान्दैनन् । फ्री भिसा र टिकटको निर्णयका कारण रोजगारदाता कम्पनीहरु नेपाली कामदार लिन इच्छुक नहुँदा वैदेशिक रोजगारीमा जाने घटेको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कुमुद खनालको तर्क छ ।

‘प्रmी भिसाको निर्णयका कारण अन्य देशबाट निर्माण क्षेत्रमा धेरै माग ल्याउनुपरेको छ । सबै देशमा ‘इन्डोर वा सर्भिस’ क्षेत्रको सहज काममा डिमान्ड ल्याउन सकिएको छैन,’ खनालले भने(‘त्यसैले विदेशिने संख्या निकै घटेको हो ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...