Advertisement
SKIP THIS

दुई हात र एक खुट्टा नभएकी गायिका तथा सञ्चारकर्मी कमलाको आँट र साहस


काठमाडौ। दुई हात र एक खुट्टा नभएपनि गायिका एवम् संचारकर्मी कमला श्रेष्ठको मन पटक्कै डगमगिएको छैन्। अझ केही गरेर देखाउने आँट र साहस अनि धैर्य कमलामा देखिएको छ। काठमाडौवाट प्रसारित हिमालय टेलिभिजनमा आइतवार र शुक्रवार दुई दिन समाचारबाचन गर्ने नियमित प्रकृया र यदाकदा गीत गाउने वाहेक प्राय दिनचर्या कमलाको घरमा नै वित्ने गरेको छ।

कमलाको दुई हात र एक खुट्टा नभएको २१ बर्ष भैसकेको छ। १२ बर्षको उमेरमा दर्शैको बेलामा घरनजिकवाट गएको हाइटेन्सन लाइनमा अडकिएको चङ्गा भाइको लागि लिन जाँदा लाइनको करेन्टमा परेर कमलाले दुई हात र एक खुट्टा गुमाउनु परेको थियो। त्यो डरलाग्दो पीडा तथा कहालिलाग्दो जीवनलाई आत्मसाथ गर्दै आत्मबल बढाउंदै गायिका तथा संचारकर्मीसम्म हुनु चानचुने कुरा भने अवश्य पनि होइन।

 

त्यो कमलाभित्रको आँट तथा धैर्य नै हो। करेन्ट दूर्घटनामा पर्दा केवल चार कक्षा पढिरहेकी कमलाले घरमा नै स्वाध्ययन गरेकी छन्। राम्रो अंग्रेजी बोल्न तथा पढ्न सक्षम कमलाले घरैमा आम–सञ्चार र पत्रकारिताको तालिम लिएर रेडियो पत्रकारिता हुंदै टेलिभिजन पत्रकारितासम्मको यात्रा तय गरिसकेकी छन्। कमलो सपना नामक गीति–एल्वम निकालेर राम्रो स्वरकी धनी गायिकाको रुपमा कमलाले आफ्नो परिचय पनि बनाइसकेकी छन्।

रक्तदान लगायतका गीतहरुमा पनि मीठो आवाज दिएर सवैको मनको गायिका बनेकी छन्। घरमा बस्दा पनि केही न केही कार्यमा व्यस्त बनिरहने कमलामा विचलन छैन्। दुई हात र एक खुट्टा नभएपनि मनभरि आँट र जोश भएको सुनाउंछिन्। आफू सुहाउंदो कुनै कार्य भएमा घरैमा बसेर या कार्यालयमा गएर भएपनि काम गर्न सक्ने आँट रहेको भन्छिन्।

दुई हात नभएपनि दुवै कुहिना जोडेर अक्षर लेख्ने प्राक्टिस गर्दागर्दै लेख्न जानेकी पनि छन्। बैकको खातामा आफैले हस्ताक्षर गर्ने कार्य कमलाले गर्दैआएकी छन्। हात नभएपनि कुहिना जोडेर लेख्ने कला देख्ने सवै चकित पर्ने गरेका छन्। फोन तथा मोवाइल र कम्प्युटर चलाउन समेत सक्षम कमला परिआएको खण्डमा एक खुट्टाको भरमा जस्तोसुकै काम गर्न सक्ने साहस आफूमा रहेको भन्न चुक्दिनन्।

यिनै फरक क्षमताकी कमलाले गत बर्ष नेपाल सरकारले प्रदान गरेको युवा प्रतिभा पुरस्कार पाइसकेकी छन्। पुरस्कार तथा सम्मानहरुले थप कार्य गर्न अभिप्रेरित गर्ने गरेको प्रतिक्रिया दिने कार्य कमलावाट भएको छ।

कमलाको फरक क्षमतावाट कमलाको बुवा–आमा, दिदीबहिनी, भाइ र भाइबुहारी पनि निक्कै खुशी देखिएका छन्।

आफ्नो जिन्दगीको कहालिलाग्दो घटनालाई आत्मसात गरेर आफ्नो जिन्दगीको उपन्यास लेख्ने सोचमा रहेकी कमला त्यसलाई साकार पार्ने अठोटमा रहेकी छन्। – भिजन संसार

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...