Advertisement
SKIP THIS

कोरियाको अस्पतालमा २ महिनादेखि एक्लै जीवनसंग संघर्ष गर्दै नेपाली युवा


फोनिज कोरिया संवादाता
सउल

इपिएस मार्फत दक्षिण कोरिया काम गर्न आएका गुल्मी जिल्ला ढोरकोट वाग्ला गाविसका देवीराम गिरी लामो समयदेखि विमारसंग संघर्ष गर्दै छन् । हाल उनी झल्लानाम्दो ख्याइ०जुको सेगेरो अस्पतालमा जुलाई १ तारिखदेखि भर्ना भई उपचार गराइरहेका छन् । त्यसको अघिल्लो महिना जुनभरी अस्तपाल आउने १.२ दिन भर्ना हुने अनि डिस्चार्छ हुने गर्दे करिब २ महिनादेखि रोगको मुखबाट आफूलाई बचाउने प्रयास गर्दै छन् ।

हाल दिनभरी सामान्य ज्वरो आउने र राती भएपछि काम ज्यवरोले सताउने गरेको विरामी गिरीले बताए । जुन १ तारिखदेखि लगातार अस्पतालमै बसेर उपचार गराएपनि रोगको पत्ता लग्न नसकेको उनले बताए । भरखरै गरेको एमआरआई परिक्षणबाट भने शरिरमा एउटा भाइरस लुकेर बसेको तर कुन भाइरस हो र कहाँ छ भन्ने पत्ता नलागेको डक्टरले भनेको उनले सुनाए । कलेजो समेत विगारी सकेको त्यो भाइरस विश्वमा आतंक मच्चाइरहेको जि भाइरस हुन सक्ने आशंका डक्टहरुले गरेकाले उनले बताए । त्यसैले उनलाई ठूलो अस्तपालमा रिर्फर गर्न लागेको पनि बिरामीले जनाए ।

शुरुमा घाटी दुख्ने समस्या देखिएपछि अस्पताल पुगेको औषधी खाएपछि ५ दिन जाती हुने फेरी दुख्ने गरेको विरामीले बताए । यस्तै हुदा हुदै खोकी , ज्वरो र राती काम ज्वरो आउन थालेपछि अस्पताल भर्ना भएका हुन ।

गिरी अल्मुनियम पगाल्ने कम्पनीमा काम गर्दै आएका थिए । २५ वर्षिय गिरी कोरिया आएको २ वर्ष ९ महिना पुग्यो । उनी आएदेखि झल्लाबुक्दो क्षेत्रमै काम गर्दै आएका थिए । अस्पतालमा एक्लै बस्नु परेका गिरीको हालसम्म २० लाख कोरियन वन खर्च भइसकेको पनि उनले सुनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...