Advertisement
SKIP THIS

मगर समुदायको उधेली एवं साउने सक्राई पर्व भब्य रुपमा सम्पन्न


दीपा आले
काठमांडौ

मगर समुदायको मुख्य चाड भित्र पर्ने उधेली एवं साउने संकराई पर्व शनिबार सहिद स्मारक पार्क थानकोटमा भब्य रुपमा मनाए ।
प्रत्येक वर्ष साउन १ गते मनाईने  उधेली पर्वलाई मगर समुदायले रितु परिवर्तनको रुपमा मनाउंदै आइरहेका छन्
अथार मगरात मगर प्रष्ठिानको आयोजनामा भएको कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका नव निर्वाचित अध्यक्ष नविन रोका मगरले प्रकृतिलाई पुजा गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो । अध्यक्ष रोका मगर कार्यक्रममा बोल्दै उधेली एवं साउने सक्राई पर्वको शुभअवसरमा सम्पूर्ण नेपालीजनहरुलाई शुभकामना व्यक्त गर्नु भयो । उहांले मगर समुदायको संस्कृतिलाई मगर जातीको पहिचान र अस्त्तिव भन्दै पुर्खाले संरक्षण गरेको ईतिहासलाई जोगाएर राख्नु पर्ने बताउनु भयो ।
उहांले मगर समुदायको संस्कृति पर्वहरुलाई राज्यले संरक्षण नगरे दवावमा उर्तिने बताउनु भयो । देश र विदेशमा छरिएर रहेका मगर समुदायका पहिचानलाई युवा पुस्ताहरुले संरक्षण गर्दै राज्यले संस्थागत गर्नु पर्ने धारणा राख्नु भयो । अध्यक्ष रोकामगरले विशेष गरी पश्क्षिम भेगमा बसोबास गर्ने रुकुम, रोल्पाका मगरहरुले यो पर्व मनाउंदै आएको बताउनु भयो ।  कार्यक्रममा मगर समुदायका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो । त्यसैगरी कार्यक्रम विभिन्न क्षेत्रमा योगदान पुराउन सफल भारतमा जारी १२औं साग खेलकुदमा नेपालले पहिलो स्वर्णपदक प्राप्त गर्न सफल उसु खेलाडी निमा घर्ती मगर र संस्कृति सरक्षणमा योगदान पुराए वापत तिर्थराज मुकारुम राई लाई सम्मान गरेको हो  ।  साथै मगर संघका नवनिर्वाचित कार्यसमितिलाई विभिन्न भातृ संस्थाहरुले कार्यक्रममा दोसल्ला सहित सम्मान तथा शुभकामना प्रदान गरिएको थियो ।

साउने संकराई पर्वमा मगर समुदायले  बाली नष्ट गर्ने विभिन्न किराहरुको प्रतिक बनाएर प्रकृतिलाई पुजा गरी बनाउने मिठोको परिकार प्रतियोगिता प्रतिश्पर्धा गरिएको थियो ।  उक्त प्रतिश्पर्धा कार्यक्रममा पहिलो प्रार्वती बुढामगर, दोस्रो मनमाया घर्तिमगर, तेस्रो त्रिपना बुढामगर, सानतोना सिर्जना घर्तिमगर, रसीता थापामगरले  प्रतियोगितामा पुरस्कार प्राप्त गरे । प्रतियोगितामा अन्य सहभागीहरुको पनि प्रतिस्पर्धा  रहेको थियो । पहिलो दोस्रो तेस्रो र सानतिना पुस्कार समेत वितरण गरिएको प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरले जानकारी दिनु भयो ।

प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरका अनुसार उधेली पर्व मनाउनुको कारण रितु परिवर्तनको अवसरमा नाचगान गर्ने, बाली खाने किराहरुलाई नास होस् भनेर पिठोले किराको प्रतिक बनाएर पुजा गर्ने चलन रहेकोजानकारी दिनु भयो ।
श्रावण १ गते देखि ६ महिनासम्म सोरटी, मारुनी, सिंगारु, कुरु, सुगै, जोरा, डांफे, घाटु, नसारु, जोकी लगायतको गीत गाई नृत्य गर्ने र ६ महिनासम्म नाच्न गाउन सकिने यो पर्वको मुख्य उद्देश्य रहेको भन्दै आजै बाट नाचगान सुरु गरिएको बताउनु भयो । कार्यक्रममा  मगर नृत्य प्रस्तुत गर्दै विभिन्न खेलहरु समेत खेलेको थियो । उधेली पर्वकै दिन मानिसहरुलाई रोग नलगोस भनेर आजकै दिन प्रकृतिको पुजा गरी लुतो समेत फ्याकियो ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बम कुमारी बुढामगरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन माया पुन मगरले गर्नु भएको थियो भने कार्यक्रमको स्वागत नेपाल मगर विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दिपा आलेमगरले गर्नु भएको हो । उधेली एवं साउने संकराई पर्वलाई भब्य रुपमा सफल पार्न ८ वटै संस्थाहरु  अथार मगरात मगर प्रष्ठिान, रोल्पा जलजला सेवा समिति,रोल्पा काठमाडौं सम्पर्क समिति,नेपाल मगर महिला संघ ललितपुर, नपाल मगर महिला काठमाडौं, नेपाल मगर सांस्कृति संघ रोल्पा, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति , नेपाल मगर संघ केन्द्रीय समितिको सक्रिय भूमिका थियो । प्रष्ठिानका अध्यक्ष बम कुमारी बुढामगरले उधेली पर्वलाई सफल पार्न योगदान दिएको भन्दै ८ वटा संस्थालाई कदर पत्र सहित खादा लगाएर सम्मान पत्र सहित प्रेरणा र हौसला प्रदान गरेको थियो ।
साउने संक्राई पर्व मनाउन उपत्यका भित्रका मात्र नभई देशका विभिन्न जिल्लाबाट सहभागीहरु पार्कमा आएका थिए । साउनको झरीलाई वेवास्ता गर्दै कार्यक्रममा आएर नाचगान गरेर उधेली पर्व मनाउंदै एक अर्कालाई शुभकामना आदानप्रदान गरेका थिए । मगर समुदायका युवायुवतीहरु आ आफ्ना भेषभुषामा सजिएर आएका थिए ।
magar f2
magar festival
magar f

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...