किम्हेमा करिष्मा अर्थात कालो पोथी


किम्हे, करिष्माले अण्डा पारेपछि त्यहि अण्डा बेचेर पढौला भन्ने सपना बोकेका बालक हुन् प्रकाशखड्गराज नेपाली) दिदीले लुकाएर बचाइदिएकी पोथी हुन् करिष्मा गाउँमा जनयुद्धको प्रभाव परेसँगै दिदीले भाइलाई दाइजो स्वरुप दिएको सेतो पोथी पालेर त्यसैको अण्डा बेचेर धेरै पढने सपना बोकेका प्रकाश उनका साथी किरणशुक्रराज रोकाया) को कथा हो चलचित्र कालो पोथी

प्रकाशको सपना पुरा गरिदिने पोथी अचानक बाबुले बेचीदिएपछि त्यहि पोथी फिर्ता गर्न गर्नुपरेको संघर्ष हो चलचित्र कालो पाथी आफ्नो भविष्यसँग जोडिएको करिष्मा एउटा वृद्धले सयमा किनेको थाहा पाएपछि प्रकाश करिष्मालाई फिर्ता ल्याउन आफ्नो साथी किरणसँग धेरै जुक्ति लगाएर फिर्ता ल्याउछन् तर पुनः पोथी खोसिने डरले सेतोपोथीलाई कालो रंग लगाइदिन्छन् तर पोथीलाई एउटा गाउँबाट अर्को गाउँमा पुराइन्छ

कुखुरा पालेर अध्ययन गर्ने मुगुका बालबालिकाको मात्र कथा होइन यो समग्र ग्रामिण भेगका अधिकांश निम्नवर्गिय समाजको कथा हो यहि कथालाई मुगुको सेरोफेरोमा रहेर द्धन्द्धकालिन समयमा जनताले भोग्नु परेको पिंडा, त्रास अनाहकमा निर्दोस जनता माओवादी सेनाको चपेटामा परेको वास्तविकतालाई स्थानीय खस भाषा प्रयोग गरेर चलचित्र तयार पारिएको त्यस्तै जात वर्गका आधारमा भिन्नता रहे पनि प्रकाश किरणले आफ्नो मित्रतालाई कसरी कायम राख्न सक्छन् भन्ने कुरालाई पनि चलचित्रमा देखाउन खोजिएको मुख्य पात्रका रूपमा खड्गराज नेपाली शुक्रराज रोकायसँगै जितबहादुर मल्ल, हंश खड्का, नन्दप्रसाद खत्री, बेनिशा हमाल, विपिन कार्की, प्रवीण खतिवडालगायतको अभिनय चलचित्रमा देख्न पाइन्छ

द्धन्द्धकालमा मुगुका जनताले भोगेको सास्तीसँगै दुई बालसखा प्रकाश किरणको कथालाई लिएर युवा निर्देशक मिनबहादुर भावले तयार पारेको चलचित्र कोलो पाथी आइतबार कोरियाको किम्हे शहरमा प्रदर्शन गरियो किम्हे माइग्रेन्ट खेलकुद समिति परदेशी लाइफ डट कमको संयुक्त प्रस्तुतिमा प्रदर्शन गरिएको चलचित्र कालो पोथी हेर्न नेपाली दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो  

त्यस्तै २४ मा थेगुमा समेत प्रर्दशनी गर्न लागिएको उक्त चलचित्र गतवर्ष भेनिस अन्राष्टिय फिल्म फेस्टिभलमा क्रिटिक्स विधातर्फ उत्कृष्ट फिल्म घोषित भएपछि दर्शकमाझ बहुप्रतिक्षित बनेको थियो बुसान अन्र्तराष्टिय फिल्म महोत्सवमा समेत छनोट भएको कोलो पोथीले द्धन्द्धको बीचबाट अघि बढ्दै मित्रताको कथा बोल्छ

चलचित्र प्रदर्शनबाट संकलित रकम खेल क्षेत्रको स्तरवृद्धि तथा परोपकारी अभियानमा खर्च गरिने आयोजकले जनाएको चलचित्र प्रदर्शनको क्रममा नेपाल पत्रकार महासँघ कोरिया शाखाका अध्यक्ष खेम कार्कीलाई सम्मान समेत गरिएको थियो ।

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...