बेलायती टोलीमाथि नेपालको शानदार जित


३० असार, काठमाडौं । नेपाली बलरहरु चम्किएपछि नेपालले बेलयात भ्रमणको पहिलो खेलमा जित हात पारेको छ । आफ्नो पहिलो खेलमा नेपालले फ्रि फोरेस्टर क्रिकेट क्लबलाई १२९ रनको फराकिलो अन्तरले हराएको हो ।

नेपालले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको बेलायती टोली २९।१ ओभरमा १०६ रनमै अलआउट भएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा विक्रम शोबले ४ विकेट लिए । ८ ओभर बलिङ गरेका उनले एक मेडन राख्दै २१ रन खर्चिए । सन्दिप लामिछानेले ५।१ ओभरमा १८ रन दिएर ३ विकेट लिए भने करण केसीले २ र शक्ति गौचनले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो । नेपालको सुरुवात भने राम्रो हुन सकेन । मात्र ८ रन जोड्दा पहिलो विकेटका रुपमा अनिल मण्डल आउट भए ।

तर, ज्ञानेन्द्र र शरद भेषावकरले नेपाली पारी सम्हाले । दोस्रो विकेटका लागि ज्ञानेन्द्रसँग ११० रनको साभेदारी गरेका शरद ५० रनमा आउट भए । त्यसपछि कप्तान पारस आए र उनले ज्ञानेन्द्रसँग ४८ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा आउट भएका ज्ञानेन्द्रले व्यक्तिगत सर्वाधिक ७४ रन बनाए ।

पारसले सागर पुनसँग १८ रनको साझेदारी गरे र व्यक्तिगत ४० रन बनाएर आउट भए । ५ विकेट भने ५१ रन जोड्दा गुमाएको थियो । सागर २१, राजेश पुलामी ११, विनोद भण्डारी ७, सोमपाल कामी ८ रनमा आउट भए भने करण केसी शून्यमै आउट भए ।

राजु रिजाल ८ र र बसन्त रेग्मी शून्यमा अविजित रहे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...