छुसकमा डा. बाबुरामा कोरिया आउने


राजु श्री / डोलु आले मगर

 

नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई यहि सेप्टेम्बर १५ तारिख कोरिया आउने भएका छन् l नवगठित पार्टी नयाँ शक्ति नेपालको प्रवास संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरिया ले आयोजना गर्न गैरहेको बृहत खुल्ला भेलालाई सम्बोधन गर्न भट्टराई कोरिया आउन लागेका नयाँ शक्ति कोरियाले जनाएको छ l

कोरियाको महान पर्व छुसक विदाको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रम यहि सेप्टेम्बर सोह्र तारिखको दिन कोरियाको राजधानी सोलमा हुनेछ l उक्त कार्यक्रममा पुर्व सांसद तथा नयाँ शक्ति नेपालको विदेश विभाग संयोजक नवराज सुवेदी पनि सहभागी हुने  छन् l आयोजकले अन्य थुप्रै कार्यक्रम गर्ने तयारी गरेको भएता पनि संयोजक डा. भट्टराइ को अत्यधिक कार्य व्यस्तताको कारणले अन्य कार्यक्रमलाई स्थगित गरेर सोह्र तारिखको दिन खुल्ला भेला तथा आन्तरिक प्रशिक्षणलाइ सम्बोधन मात्र गर्ने कार्यक्रम तय गरेको छ l

त्यसको भोलिपल्टै डा. भट्टराई अन्तराष्ट्रिय नेपाली समाज जापानको १८ तारिखको भेलालाई सम्बोधन गर्न जापान प्रस्थान गर्ने उनको सचिवालयले जानकारी गराएको छ l साथै सोलमा हुने १६ तारिक को कार्यक्रम लाइ सफल पारिदिन कोरियामा रहेका मजदुर ,ब्यापारी ,बुद्दिजिबि ,पत्रकार ,विभिन्न संघ सस्थाका प्रतिनिधि लगायत सम्पूर्ण नेपाली दाजु भाइ दिदि बहिनीहरुमा अन्तराष्ट्रिय नेपाली समाज कोरिया ले हार्दिक अपिल गरेको छ l

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...