Advertisement
SKIP THIS

नेपालको सर्बोच्च तीन निकायमा महिलाको नेतृत्व ऐतिहासिक संयोग


काठमाण्डौ

शुशिला कार्कीले  प्रधानन्यायधिशको कार्यभार ग्रहण गरेसँगै नेपालका तीन शक्तिशाली पदमा महिलाको नेतृत्व स्थापित भएको  छ । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधिश शुशिला कार्की हुनुभएको छ । बरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले  नेपालको छवि अहिले महिलाको विषयमा बोल्नेमात्र नभएर व्यवहारमा लागु गर्ने देशको रुपमा सुचीकृत भएको  प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘परिवर्तनको प्रतिवद्घतालाई व्यवहारमा उतार्न सक्षम देश भनेर स्थापित भएको छ ।’

उहाँले देशको प्रमुख पदमा महिलाको नेतृत्वले आम महिलाले  सकारात्मक अनुभूत गर्ने आशा जगाएको बताउनुभयो । नेतृत्व तहमा महिला पुग्नु महत्वपुर्ण भएपनि पूर्ण रुपमा सफल भने यसलाई भन्न नमिल्ने उहाँको भनाइ छ । ‘५१ प्रतिशत महिलाका लागि  उहाँहरू  खम्बा हुनुभएको छ अवश्यपनि सकारात्मक परिवर्तन हुन्छ भन्ने विश्वास छ’ मल्लले भन्नुभयो । सपना प्रधान मल्ल सर्वोच्च अदालतमा न्यायाधिसका लागि शिफारिस गरिएका एघारजना मध्ये एक हुनुहुन्छ ।

अधिकारकर्मी शर्मिला कार्कीले पिछडिएको मुलुक भएकाले यहाँका महिलाले केही गर्न सक्दैनन् भन्ने विश्वको आम बुझाइलाई नेपालले गलत सावित गरिदिएको बताउनुभयो । यसबाट अवशर पाएमा नेपाली महिलाले जुनसुकै पदको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण विश्व मै स्थापित भएको उहाको प्रतिक्रिया थियो । उहाँले भन्नुभयो ‘राष्ट्रप्रमुख, न्यायपालिकाको प्रमुख र व्यवस्थापिकाको प्रमुख महिला हुनु विश्व मै ऐतिहासिक संयोग हो, यस्तो संयोग विश्वमै निकै दुर्लभ हुन्छ ।’

‘यी महत्वपूर्ण र ऐतिहासिक अवशरसँगै चूनौति पनि कम छैनन्’ उहाँ भन्नुहुन्छ । यीमध्ये कुनैपनि निकायमा थोरैमात्र पनि तलमाथि भएमा महिलाले गर्दा भयो भन्ने हुन्छ, त्यसैले यसतर्फ धेरै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

तीनवटा प्रमुख निकायमा महिलाको नेतृत्व ऐतिहासिक  भएकाले खुशी लागेपनि महिलाको सहभागिताले मात्र नपुग्ने अधिकारर्मी डा.रेणु अधिकारीको प्रतिक्रिया छ । यो सहभागितासँगै कतिपयले अब महिलालाई  के चाहियो भन्ने प्रतिकृया दिनेक्रम बढेको उहाँको भनाइ छ ।  ‘निर्णायक तहमा प्रधानन्यायाधिस मात्र हुनुहुन्छ,  अरु दुईजनाको त प्रतिकात्मक सहभागिता मात्र हो’ अधिकारी भन्नुहुन्छ ।  उहाँ थप्नुहुन्छ ‘५० प्रतिशत भन्दा बढी जनसंख्यामा रहेको महिलाका लागि पर्याप्त कानुन नभएकोले अन्यायमा परेका महिलालाई प्रधानन्यायाधिसले न्याय दिनुहुन्छ भन्ने विश्वास छ ।’

स्रोत महिला खबर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...