गोपिकृष्ण हलमा गाजालु हेर्ने दर्शकको ओइरो
फोनिज कोरिया संवाददाता
काठमाण्डौ
यही जुलाई २४ तारिख नेपाल आदिवासी जनजाति महासंह कोरियाले कोरियामा प्रदर्शन गर्न लागेको चलचित्र गाजालु हेर्न नेपालमा दर्शकको ओइरो लागेको छ । गत महिना मात्र प्रर्दशनमा आएको नयाँ लचित्र गाजालु हेर्न काठमाण्डौको चावाहिल स्थित गोपिकृष्ण हलमा दर्शकको ओइरो लागेका छन् । गोपिकृष्ण हलको कृष्ण र ओम हलमा प्रदर्शन भइरहेको चलचित्र गाजालु हेर्न पुगेका दर्शकहरु हाउस फूल भएपछि ७ सया दर्शक फर्केको निर्माता रोहित अधिकारी बताएका छन् ।
त्यसैले गोपिकृष्ण हलको सबेभन्दा ठूलो हल गोपीमा गाजालु चलाउन नदिएपछि निमार्ता आक्रोशित भएका छन् । अन्य हलमा हाउस फूल भएर दशर्क फर्कदा पनि हलले आफूलाई ठूलो हल नदिएको भन्दै अब गोविकृष्ण हलमा गाजालु नचाउने बताएका छन् । निर्माता अधिकारीले पायक पर्ने अन्य हलमा गाजालु चलाउन लागेकोले दर्शकलाई त्यतै आउन आग्रह समेत गरेका छन् ।
गत महिना प्रदर्शनमा आएको चलचित्र गाजालुमा जीवीत देवी कुमारी प्रथाको कथामा आधारित रहेको छ । हेमराज विसीको निर्देशन रहेको यस चलचित्रमा २०१२ का मिस नेपाल सृष्टी श्रेष्ठ , मेनका प्रधान, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।