Advertisement
SKIP THIS

कोरियाका युवाहरुले प्यूठानका पहिरो पीडित बालबालिकालाई आर्थिक सहयोग पठाए


बिक्रम मल्ल
गजे ,  कोरिया
गत सोमबार प्प्यूठान जिल्लाको रजवारा गा.वि.स.वडा न. ३ नेतामा गएको पहिरोमा परी अभिभावक गुमाएका एकै परिवारका चार बालबालिकाको लागि कोरियाबाट आर्थिक सहयोग संकलन गरी सोमबार नेपाल पठाएका छन् ।
 सोमबार राती अबिरल वर्षाको कारण पहिरोले घर च्याप्दा एकै घरको ५   जनाको सुतिरहेकै अबस्थामा ज्यान गएको थियो  । श्रीमान दुर्ग बहादुर मल्ल श्रीमति सीता मल्ल सहित तिन छोरीहरुको ज्यान गएको हो ।
     तिन छोराहरू चौध बर्षिय बसन्त मल्ल,तेह्र बर्षिय धन बहादुर मल्ल ,आठ बर्षिय कृष्ण बहादुर मल्ल र एक नौ बर्षिय छोरी सरस्वती मल्ल स-साना यी चार बालबालिकाहरूमात्र जिवित रहेको हुदा यस्तो दुखद प्राकृतिक बिपत्तीको घडीमा अभिभाबक गुमाएका बच्चाहरूको यतिबेला बिचल्ली परेको छ । यही पीडामा केही राहत मिलोस , बच्चाहरूको गास बास कपास शिक्षा स्वास्थ्यमा  भन्ने उद्देश्यले रजवाराबाट यस दक्षिण कोरियाको बिभिन्न स्थानमा कार्यरत यूवाहरू लगायत अन्य सहयोगीहरूबाट थोरै रकम जम्मागरी आजै पठाएका  जानकारी यूवाहरूले गराएकाछन।
यी अबोध बालबालिकाको अन्धकार बनेको भविश्यमा सरकार बिभिन्न संघस्थाहरूले सहयोग गरियोस भन्ने माग यूवाहरूको रहेको बताउछन एक अगुवा यूवा । स्थानिय समाजसेवी पत्रकारहरूको ब्यबस्थापनमा गाउमा पैशा हस्तान्तरण गरिनेछ ।
सहयोगीको नामवली निम्नबमोजिम छ –
बिक्रम मल्ल रजवारा १ प्यूठान  ८००००₩
टिका बुढा मगर  रजवारा ७  प्यूठान ६००००₩
रूद्र प्रसाद जैसी रजवारा २ प्यूठान ६००००₩
मोटी पुन मगर रजवारा ५  प्यूठान  ६००००₩
टोप बहादुर सेन रजवारा १ प्यूठान ५००००₩
महेन्द्र मल्ल रजवारा १   प्यूठान   ५००००₩
चित्र बहादुर मल्ल रजवारा १ प्यूठान ५००००₩
प्रेम बहादुर आले मगर  काभ्रे ३००००₩
बाबुराम लम्साल गुल्मी   १००००₩
मान बहादुर जिसी मर्भुङ गुल्मी  १०००० ₩
जम्मा कोरियन वन ५०००००  (पाच लाख वन)

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...