Advertisement
SKIP THIS

HRD द्धारा सञ्चालित फोक्लिर्फट र डोजर तालिम सम्पन्न, अर्को आइतबारदेखि नयाँ कक्षा सुरु


कोरियन मानव संसाधन विभाग (HRD) द्धारा संचालित सात हप्ते फोक्लिर्फट र डोजर तालिम सम्पन्न  भएको छ । मानव संसाधन विभाग (HRD) ले वैदेशिक रोजगारका शिलसिलामा वैदेशिक रोजगार अनुमती प्रणाली (EPS)मार्फत कोरियामा आएका युवाहरूलाई सिपमुलक तालिमहरु दिदै आइरहेका छन्।

रोजगारका लागि कोरिया भित्रिएका युवाहरु पछि आफ्नै देशमा फर्केर केही गर्न सकुन् तथा अबैधानिक रूपमा कोरियामा नै बसोबास गर्नेको सँख्या कम गर्ने उद्धेश्यका साथ बेला बेला HRD कोरियाले यसप्रकारको सिपमुलक तालिमहरु दिदै आइराखेका छन् ।

जसअन्तर्गत कोरिया स्थित ख्वाङ्जु सहरमा अबस्थित 그린직업전문학교 (GREEN VOCATIONAL TRAINING SCHOOL) मा सञ्चालन गरिएको सात हप्ते फोक्लिर्फट र डोजर तालिममा ह्वासाङ् सहर तथा ख्वाँजु सहरमा रोजगारी गरिरहेका नौ जना नेपाली युवाहरु उक्त सिपमुलक तालिममा सहभागि भएका थिए। हप्ताको एक दिनको बिदालाई सदुपयोग गरेर हरेक आइतबार HRD कोरियाले दिएको यो तालिममा सहभागी भएका युवाहरुले डोजर चलाउन अनुमतिपत्र (License) समेत प्राप्त गरेका छन्।

उक्त तालिम सीप सिकेको प्रमाणपत्रहरु र अरु धेरै प्रकारका पुरस्कारहरु पनि पाएका छन्। उक्त सिपमुलक फोक्लिर्फट र डाेजर तालिममा सहभागी पछि अाफूहरु स्वदेश फर्केपछि रोजगार गर्न सकिने अात्मबल समेत पाएको जानकारी दिएका थिए। उक्त तालिममा ह्वासाङ् सहरमा रोजगार गरिरहेका भिम बहादुर थापा, राजेन्द्र राज पौडेल, मधु गुरुङ तथा ख्वाँजु सहरमा रोजगारी गरिरहेका उद्दव थापा मगर, सुनिल बर्देवा, विपिन लिम्बू, निल्कण्ठ गिरी, दिपक भट्ट, र सन्तलाल तामाङ सहभागि भएका थिए।

उक्त तालिममा सहभागिले साँचै अाफूहरुलाई अाउने दिनमा कोरियाको दुखलाई चाँडै अन्त गरि देसमा नै केहि गर्न सकिने अात्मबल पाएको सहभागी युबा उद्दव थापा मगरले बताए। नेपालको ठेगान भने भिम बहादुर थापा सुर्खेत, राजेन्द्र राज पौडेल गुल्मि, मधु गुरुङ पर्वत ,उद्दव थापा मगर नुवाकोट ,सुनिल बर्देवा नुवाकोट ,विपिन लिम्बू ताप्लेजुङ ,निल्कण्ठ गिरि नुवाकोट ,दिपक भट्ट नुवाकोट र सन्तलाल तामाङ रामेछाप रहेका छन्। अन्य युबाहरुलाई अाउँदो अाईतबारबाट नयाँ सञ्चालन हुन लागेका तालिममा सहभागिका लागी अनुरोध गरेका छन्। नयाँका लागी अर्को अाईतबारबाट नयाँ कक्षा सुरु हुँदैछ।

그린직업전문학교 (GREEN VOCATIONAL TRAINING SCHOOL) फोन: 031-767-9431

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...