Thursday, August 7th, 2025
कोरियामा श्रमिक तथा विद्यार्थी हेल्प डेस्क सञ्चालनमा आउने
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC) दक्षिण कोरियाले आफ्नो प्रतिबद्धता अनुसार दक्षिण कोरियामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरूको समस्या समाधान र सहजीकरणका लागि दक्षिण कोरियामै पहिलो पटक औपचारिक रूपमा श्रमिक–विद्यार्थी हेल्प डेस्क सञ्चालनमा ल्याउन लागेको छ । ऐतिहासिक एकता महाधिवेशनबाट निर्वाचित विपिन कुमार गुरुङको नेतृत्वमा रहेको एनआरएनए दक्षिण कोरियाले निर्वाचित भएको चार महिनाभित्रै यो महत्वपूर्ण सामाजिक कार्यको थालनी गरेको हो । यही मिति २०२५ अगस्ट १७ आइतवार, बेलुका ४:०० बजेदेखि ५:०० बजेसम्म सउलको दोङदेमुनमा भव्य रूपमा उद्घाटन समारोह सम्पन्न गरेपछि डेस्कको विधिवत् सञ्चालन सुरु हुनेछ। दक्षिण कोरियामा पछिल्लोफुर्सदमा