Thursday, July 31st, 2025
‘अगस्ट २ साँझ ‘समर रक पार्टीले ‘ झुमाउने भो कोरिया

गर्मी विदाको अवसरमा “समर रक पार्टी ” हुने भएको छ। ktm2seoul ले अगस्ट २ तारिख साँझ होङ्दे स्थित यति रेस्टुरेण्ट एन्ड बारको पार्टी हलमा कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रमलाई भव्य बनाउनको लागि फुल्याङ व्याण्डको विशेष प्रस्तुति रहने छ भने साथमा नयाँ दृष्य व्याण्ड र द रिभर्सको पनि बेजोड प्रस्तुति हुने आयोजकले जनाएको छ। दर्शकलाई भरपूर सांगीतिक मनोरञ्जन प्रदान गर्दै डिजे RX ले नचाउने भएको छ। राति ८ बजेदेखि प्रवेश गर्न सकिने कार्यक्रमको टिकट मूल्य २५ हजार वन रहेको छ।