कोरियाको छनानमा एक नेपालीको मृत्यु
मञ्जु गुरुङ
सोल-दक्षिण कोरियाको छनानमा फलामको पाइप बनाउने कम्पनीमा कार्यरत सन्तवीर राईको सोमबार निधन भएको छ । संखुवासभा निवासी ३७ वर्षिय राईलाई फोक्सोमा समस्या देखिएपछि तीन दिन अघि दाङगो युनिभरसिटी छनानमा भार्ना गरिएको थियो । अस्पतालमा उपचार गर्दा गर्दै सोमबार विहान ८ बजे निधन भएको किरात राई यायोक्खाका अध्यक्ष दिनेश राईले जनाएका छन् ।
इपिएसको चार वर्ष ८ महिना पुरा गरी नेपाल फर्केका राई सिविटी मार्फत आठ महिना अघि पुनह कोरिया आएका थिए । राईको श्रीमती १ छोरा र १ छोरी रहेका छन् । उनलाई २ महिना अघिदेखि रुघा खोकी र ज्वारोले च्यापेपछि अन्तत अस्पताल भर्ना गरिएको थियो ।