Advertisement
SKIP THIS

मगर संघ कोरियाद्वारा राहत वितरण


निश्चल काउचा

सोल -बैशाख १२ गते(२५ अप्रिल २०१५) शनिवार नेपालमा गएको प्रलयकारी भुकम्पमा परि हालसम्म मृत्यु हुनेकाको संख्या ७ हजार ९ सय १४ पुगेको छ। त्यस्तै, १६ हजार ३५ जना घाइते भएका छन् भने अर्बौको भौतिक क्षति पुगेको छ | देशलाई आईपरेको बिपतको घडीमा थोरै भए पनि मल्हम लगाउने उदेश्यले नेपाल मगर संघ कोरियाले सुरु गरेको राहत संकलन अभियान अन्तर्गत भुकम्पले अति प्रभावित जिल्ला गोर्खावाट राहत वितरण सुरु गरेको छ |

संस्थाका नेपाल प्रतिनिधिहरु छ्याम थापा मगर , उप-संयोजक हेमन्त थापा मगर,आर्थिक सयोंजक सी.पी. मगर , जुनु पुन मगर , तारा देवी थापा मगर , अजिता थापा मगर , गोबिन्द ल्हाए मगर , अर्जुन बिर्कट्टा मगर , आनन्द सारु मगर , हिमाल सारु मगर लगायतका सदस्यहरुवाट राहत स्वरुप दैनिक उपभोग्य बस्तुका साथै जस्ता पाता वितरण गरिएको थियो | गोर्खा जिल्लापछि लगत्तै धादिङ , सिन्धुपाल्चोक लगायत अन्य प्रभावित क्षेत्रमा राहत वितरण गरिने संस्थाका नेपाल प्रतिनिधी सिपी मगरले जानकारी दिएका छन् | संस्थाले संकलन गरेको कोरियन वन् १ करोड ७० सत्तरी लाख वन करिब सोह्र लाख रुपैयाँ पहिलो चरणमा नेपाल पठाईएको थियो |

संघले यहि मे १५ सम्म राहत संकलन कार्य जारी रहने जानकारी गराउदै सहयोग गर्न छुट्नु भएका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ | मे १५ सम्म उठेका सम्पूर्ण रकम दोस्रो चरण भुकम्प पिडितलाई राहात स्वरुप पठाईने जानकारी दिदै सहयोग गर्नु हुने सम्पूर्ण मानुभावहरुको नाम सामाजिक संजाल र अनलाईन मिडियामा राखिने पनि संस्थाले जनाएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...