Advertisement
SKIP THIS

कोरियाको नयाँ नियमले बिदेशी बुहारीलाई समस्या


ऐश्वर्य श्रेष्ठ
सोल-दक्षिण कोरियाले कडा भिसा नियम लागु गरेसंगैं विवाह गरेर यहाँ आउने आप्रवासी महिलाहरु समस्यामा परेका छन् ।

 

कोरिया आएर विवाह गरी बस्ने महिलाहरु कोरिया सरकारले कडा भिसा नियम लागु गरेकोले यो महिना निक्कैं असर पुगेको एक अध्ययनले देखाएको छ ।

 

शुक्रबार कोरिया मल्टी कल्चर रिसर्च इन्स्टिच्युट र प्राईभेट थिंक टयांकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कोरियन दुतावासले एफ ६ भिसा नविकरण गर्नेको संख्या आधामा घटेको छ ।

 

गत बर्ष ५ हजार ७ सय आठ भियतनामीले एफ छ भिसा दर्ता गरेका थिए जसमा यो बर्ष घटेर २ हजार ९ सय ६७ मा घटेको छ ।ती भिसाहरु आप्रवासी विवाह भिसामा आई दर्ता भएका हुन । म्यारिज ब्युरोबाट कोरिया आएका एसियन देशका नागरिकहरु भिसा नियम परिवर्तनले निक्कैं समस्यामा पर्ने भएका छन् ।

 

अब कोरियन नाजरिकसंग विवाह गरेर बस्नका लागि भिसा अन्र्तवार्तामा एडभान्स लेभलको कोरियन भासा परिक्षा पास गर्नुपर्ने भएको छ भने आफनो परिवार अर्थात श्रीमान श्रीमतीलाई पाल्ने आर्थिक आधार समेत प्रष्ट हुनुपर्नेछ ।सरकारी अधिकारीहरुले बताए अनुसार घरेलु हिंसा बढेको कारण भिसामा कडाई गरिएको जनाएको छ ।कम्बोडिन सरकारले भने २०१० देखि आफनो देशका नागरिकलाई कोरियनसंग विवाह गर्न बन्देज गरेको छ ।

 

लैंगिक समानता तथा परिवार मन्त्रालयले जनाए अनुसार करिब ३ लाख विदेशी महिलाहरु कोरियन नागरिकहरुसंग विवाह गरेर बसोबास गदैं आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • एभरेष्ट एफ सीद्वारा आयोजना हुने भनिएको एभरेष्ट कप स्थगित
  • गैर आवासिय नेपाली संघ दक्षिण कोरियाका महासचिव अजय सोडारी बर्खास्त
  • नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको प्रवास संगठनबीच एकिकरण
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...