Advertisement
SKIP THIS

बौद्ध परिवार र दोसन्सा गुम्बाले शान्तिका लागि दिप प्रज्वलन गरे


फोनिज कोरिया सम्वाददाता
सउल, गत बैशाख १२ गते गएको बिनाशकारी महा भूकम्पबाट नेपालमा ७ हजार भन्दा बढीले ज्यान गुमाउन पुगे भने १४ हजार भन्दा बढी घाइते, १० हजार बढी घर तथा भवन पूर्ण रुपमा क्षति तथा १४ हजार बढी घर तथा भवनहरु आंशिक रुपमा क्षति सहित अरबौं रुपयाको धनमालको नस्ट भएको छ ।

यस दुखद अबस्थामा भूकम्पबाट पिडित नेपाल र नेपालीका शान्तिका लागि कोरियामा रहेको दोसन्सा गुम्बा र बौद्ध परिवारले गत आइतबार मे ३ तारिख मृतक आत्माको चीर शान्तिको कामना घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै भग्नावशेसमा पुरिएकाको छिटो उद्दार र भूकम्पले पिडित महानुभाबहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना र प्राथना गर्दै शान्तिको दिप प्रज्वलन गरे ।

दिप प्रज्वलन कार्यक्रममा दोसन्सा गुम्बाका प्रमुख लामाहरु, बिभिन्न गुम्बाका लामाहरु तथा नेपाली दुताबासका महामहिम राजदुत कमानसिंह लामाको बिशेष उपस्थिति रहेको थियो भने बिभिन्न नेपाली सस्थाका प्रमुखहरु नेपाली सम्पर्क समिति कोरियाका अध्यक्ष लोचन राई, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष भक्त शेरचन, बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ सहित पदाधिकारीहरु ,बाग्लुंग सम्पर्क समितिका अध्यक्ष यम श्रीस ,रुपन्देही सम्पर्क समितिका अध्यक्ष प्रितम गुरुङ र नेवा पुचका पदाधिकारीहरु ,थकाली समाजका अध्यक्ष भरत तुलाचन सहित अन्य नेपाली कोरियनको पनि बाग्लो उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रममा राजदुत लामाले यस किसिमको दुखद घडीमा भावना र सहयोग आदानप्रदान गर्ने कोरियन सरकार, नागरिक, बिभिन्न दातृसंस्था र कम्पनिहरुलाई बिशेष प्रसंसाको साथमा धन्यवाद ब्यक्त गरेका थिए ।

दोसन्सा गुम्बाले नेपालका भूकम्प पीडितका लागि राहत स्वरूप सहयोग गर्नको लागि ५०००० डलर सम्म बिभिन्न कार्यक्रम गरि सहयोग संकलन गरिने बताएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...