Advertisement
SKIP THIS

कोरियाबाट करोडौं रुपैयाँ सहयोग जुट्दै


देवेन्द्र सम्बाहाम्फे
सोल–नेपालमा गतहप्ता गएको विनाशकारी भूकम्पमा परेर घरबारबिहिन भएका नेपालीहरुलाई सहयोग गर्न कोरियन उधोगपति,कालाकार,राजनीतिज्ञ,परोपकारी सस्था र सर्वसाधारणले करोडौं रुपैयाँ जम्मा गरेका छन् ।

सोलस्थित नेपाली राजदूताबासले जनाए अनुसार सोमबार केबिएस टेलिभिजनले २ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहयोग रकम टेलिभिजनका प्रमुख छो दे ह्यन र छोरोक उसान चिल्ड्रेन फाउन्डेसन निर्देशक लि छे हुनले संयुक्त रुपमा कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामालाई हस्तान्तरण गरेका थिए । रकम मध्ये १ करोड रुपैयाँ नायक सोङ इल गुकले प्रदान गरेका हुन् । रकम प्रदान गर्दै प्रमुख ह्यनले केबीएसले अरु थप सहयोगका लागि अनलाइन क्याम्पेन भइरहेको जानकारी दिए ।

भूकम्प पिडितलाई सहयोग गर्ने सिलसिलामा कोरियन सेलिब्रेटीले पनि साथ दिएका छन् । यहाँका नायक, नायिका, गायक, कमेडियन, निर्देशक र खेलाडीलेमात्र होइन इन्टरटेन्मेन्ट कम्पनिहरुले समेत सहयोग गर्ने घोषणा गरेका छन् ।

कोरियामै चर्चित वाईजी इन्टरटेनमेन्ट कम्पनिले आज १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छ । उसले युनिसेफ कोरियामार्फत भूकम्पमा परेका बालबालिकाको सहयोगका लागि रकम जम्मा गरेको जनाएको छ । सहयोग रकम जम्मा गर्न कम्पनिले ‘विथ वाइजी’ नामक क्याम्पेईन संचालन गरेको थियो । कम्पनीले २ वर्षअघि नेपालमा सुबिधासम्पन्न बिद्यालय समेत स्थापना गरेको थियो ।

त्यस्तै अभिनेत्री कीम हेजाले पनि १ करोड रुपैया सहयोग प्रदान गरेकी छिन । अन्तरष्ट्रिय गैर सरकारी संस्था वल्ड भिजनमार्फत किमले सो रकम प्रदान गरेकी हुन् । सो सस्था मार्फत गायक कीम दो ह्वानले ३६ लाख , नायिका पार्क सिन ह्येले ३० लाख रुपैयाँ सहयोग गरेका छन् ।

कोरियाका केहि उद्योग ब्यवसायी र परोकपकारी संस्थाहरुले नेपाली राजदूतावासको ‘महाभूकम्प उद्धार राहत कोष’ मा पनि जम्मा गरेका छन् । उक्त कोषमा सोमबारसम्म ५ करोड रुपैयाँभन्दा बढी जम्मा भएको दूतावासले जनाएको छ । कोषमा कोरियाका बिभिन्न कम्पनि तथा सस्थाहरुले सहयोग रकम जम्मा गरेका हुन् । प्राप्त सहयोग रकम,उद्धार राहत शुक्रबारसम्ममा नेपाल पठाइने उपनियोग प्रमुख बर्तौलाले जानकारी दिए । भूकम्प पीडितको सहयोगका लागि दूताबासमा कार्यरत ५ कर्मचारीले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने भएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...